जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन « Khabarhub

जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरिसकेको छ ।

जसपाको यो निर्णय भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए ।

बैठकपछि सरकार पक्षका कांग्रेस-एमाले नेताहरूले आफूलाई सम्पर्क नगरेको अध्यक्ष यादवले खबरहबलाई बताएका छन् ।

‘हामीले निर्णय गरिसकेका छौँ । निर्णयपछि सरकार पक्षका नेता तथा प्रधानमन्त्रीसँग कुरा भएको छैन,’ उनले बुधबार खबरहबलाई भने, ‘भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई मेरो सुझाव छ । यो देशको हितमा छैन । उक्त निर्णयपछि सरकारका मान्छेबाट अहिलेसम्म भेटघाट गर्ने खबर आएको छैन ।’

मंगलबार बेलुका संयन्त्रको बैठकमा भूमिसम्बन्धी अध्यादेशको विषयमा कुरा भए पनि के–के भयो सार्वजनिक भएको छैन ।

मंगलबार काठमाडौंमा बसेको जसपा संसदीय दलको बैठकले भूमि अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले त्यस कुरामा समर्थन गर्न नसकिने निर्णय गरेको थियो । यो राष्ट्रियसभामा यो विध्येक पास गर्न सरकारको बाटो रोकिएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २४ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित