जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन « Khabarhub

जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरिसकेको छ ।

जसपाको यो निर्णय भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए ।

बैठकपछि सरकार पक्षका कांग्रेस-एमाले नेताहरूले आफूलाई सम्पर्क नगरेको अध्यक्ष यादवले खबरहबलाई बताएका छन् ।

‘हामीले निर्णय गरिसकेका छौँ । निर्णयपछि सरकार पक्षका नेता तथा प्रधानमन्त्रीसँग कुरा भएको छैन,’ उनले बुधबार खबरहबलाई भने, ‘भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई मेरो सुझाव छ । यो देशको हितमा छैन । उक्त निर्णयपछि सरकारका मान्छेबाट अहिलेसम्म भेटघाट गर्ने खबर आएको छैन ।’

मंगलबार बेलुका संयन्त्रको बैठकमा भूमिसम्बन्धी अध्यादेशको विषयमा कुरा भए पनि के–के भयो सार्वजनिक भएको छैन ।

मंगलबार काठमाडौंमा बसेको जसपा संसदीय दलको बैठकले भूमि अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले त्यस कुरामा समर्थन गर्न नसकिने निर्णय गरेको थियो । यो राष्ट्रियसभामा यो विध्येक पास गर्न सरकारको बाटो रोकिएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २४ बजे

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन