युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा « Khabarhub

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । 

युवा सङ्घका महासचिव सुमन पुरीले आज मातहतका जिल्ला कमिटीलाई यही माघ १३ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय जानकारी गराउँदै वैशाखको अन्तिममा महाधिवेशन गर्ने निर्णय भएसँगै आवश्यक तयारी र समन्वय गर्न आग्रह गरे।

एमालेले आफ्नो भ्रातृसङ्गठनको महाधिवेशन यही चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । उनले महाधिवेशन गर्नका लागि युवा सङ्घले आगामी फागुन मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए। जिल्ला अधिवेशन समयमा सम्पन्न नगरे जिल्ला इञ्चार्जको नेतृत्वमा अधिवेशन गरिने महासचिव पुरीले बताए। उनका अनुसार सङ्घले तीन जनालाई सचिवमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ । 

चालीस वर्ष उमेर पुगेका स्वतः सङ्घको कार्यसमितिबाट हट्ने भएकाले तीन सचिव, एक जना सचिवालय र चार जनालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार सचिवमा बलराम बेल्वासे, कुवेर अधिकारी र निशा लिम्बू, सचिवालय सदस्यमा सागर भट्ट र स्थायी कमिटी सदस्यमा वीरेन्द्र चौलागाईं, विक्रम गुरुङ, रेणु तामाङ र वीरेन्द्र भट्टलाई मनोनयन गरेको छ । 

यस्तै युवा सङ्घले प्रदेश कमिटीको इञ्चार्ज पनि नयाँ तोकेको छ । कोशीमा निरोज पौडेल, मधेसमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाईं, सुदूरपश्चिम प्रदेशमा विनय शाह र विशेष प्रदेश कमिटी बलराम बेल्वासेलाई तोकिएको छ । यस्तै युवा सङ्घले विभिन्न ३५ विभागको विभागीय जिम्मेवार समेत हेरफेर गरेको जनाएको छ । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ३९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा