आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू « Khabarhub

आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् ।

बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।

मुलुकका केही स्थानमा केहीदिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोमा सचेतता अप्नाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड दिए ।

‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु ।’

गत माघ २४ गते काठमाडौंको ठमेललस्थित सार्वजनिक सडकमा ड्युटीरत दुईजना प्रहरीलाई कुटपिट भएको थियो ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यराति १२ बजे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए ।

६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । यीसहितले मोटरसाइकलमा ड्युटीरत प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएका थिए ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका २६ वर्षीय रमेश फुलारा छन् । उनीहरू दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थी हुन् । तर उक्त घटनामा संलग्न अनेरास्ववियुका अर्का नेतालाई जोगाइएको आरोप लागिरहेका बेला गृहमन्त्रीको यस्तो निर्देशन आएको हो ।

उता कैलालीको धनगढीमा पनि कैलाली मंगलबार राति एकजना युवकले सडकमै प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेका छन् ।

ट्राफिक चौराहामा ड्युटीमा रहेका बेला मंगलबार राति सवा ८ बजे धनगढी–१४ का टेकबहादुर टमाटाले चक्कु प्रहार कोशिश गरेका हुन् ।

सडकमा हल्ला गर्दै हिँडिरहेका ती युवकले प्रहरीलाई लखेट्दै चक्कु प्रहार गर्न खोजेको भिडियो अहिले भाइरल भइरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  २ : २० बजे

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी