माओवादीले मनाउने तयारी गर्दा कांग्रेसले भन्यो- संविधानले चिन्दैन, सार्वजनिक बिदा नदिनू « Khabarhub

‘जनयुद्ध दिवस’

माओवादीले मनाउने तयारी गर्दा कांग्रेसले भन्यो- संविधानले चिन्दैन, सार्वजनिक बिदा नदिनू


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेकपा माओवादीको उद्गम थलो मानिने रूकुममा फागुन १ गते नेकपा (माओवादी केन्द्र)ले मनाउँदै आएको ‘जनयुद्ध’ दिवसलाई लिएर विवाद उत्पन्न भएको छ ।

सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले कार्यपालिकाबाट फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरेपछि रूकुम (पश्चिम)मा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी माओवादी केन्द्रबीच विवाद उत्पन्न भएको हो ।

सानीभेरी गाउँपालिकाको माघ ११ मा बसेको कार्यपालिका बैठक र बाँफिकोट गाउँपालिकाको माघ २७ मा बसेको कार्यपालिका बैठकले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरेको थियो ।

सानोभेरी गाउँपालिकाको अध्यक्ष बिर्खबहादुर बिष्ट माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधि हुन् भने बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठामगर कांग्रेस नेता हुन् ।

पार्टीका तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित बाँठामगरले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरेपछि कांग्रेस रूकुम (पश्चिम)ले परिपत्र गरेर निर्णय उल्ट्याउन निर्देशन दिएको छ ।

जिल्ला सभापति प्रेमप्रकाश ओलीले बुधबार गरेको परिपत्रमा उक्त निर्णय नेपालको संविधान र सर्वोच्च अदालतको ०७२ भदौ ९ गते, ०८० पुस १३ गते र ०८१ मंसिर २६ गतेको संवैधानिक इजलासको आदेशविपरीत भएको उल्लेख छ ।

फागनु १ गते ‘जनयुद्ध’ दिवस मनाउने निर्णयले नेपालको संविधान र कानुनको खिल्ली उडाएको भन्दै सभापति ओलीले भनेका छन्, ‘हाम्रो पार्टी नेपालको संविधान र कानुनको परिपालक भएको हुँदा उक्त पालिकाको निर्णयविरुद्ध हाम्रो पार्टी कांग्रेसबाट निर्वाचित नगर, गाउँ र वडा अध्यक्षज्यूहरूलाई फागुन १ गते सार्वजानिक बिदा नरहेको भनी सम्बन्धित वडा र पालिकाबाट सूचना प्रवाह गर्नुहुन र गराउन सबैलाई जानकारी गराइन्छ ।’

कांग्रेस रूकुम (पश्चिम)ले बाँफिकोटसँगै पार्टीका तर्फबाट निर्वाचित मुसिकोटका नगर प्रमुख र १, २, ३, ५, ८ र १४ नम्बरका वडा अध्यक्षहरू, चौरजहारी नगरपालिकाका ६, ९ र १४ का वडा अध्यक्ष, आठविसकोट नगरपालिकाका ६, ९ र ११ का वडा अध्यक्षहरूलाई पनि परिपत्र गरेको छ ।

यस्तै त्रिवेणी गाउँपालिकाका ३, ४, ८ र ९ का वडा अध्यक्ष, सानीभेरी गाउँपालिकाका ४ र ५ का वडा अध्यक्ष तथा बाँफिकोट गाउँपालिकाका २ र ५ नम्बर वडाका अध्यक्षलाई पनि जिल्ला सभापति ओलीले परिपत्र गरेर ‘जनयुद्ध’ दिवस नमनाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : ०९ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक