जसपा केन्द्रीय सदस्यसहित एक सय जना कांग्रेस प्रवेश  « Khabarhub

जसपा केन्द्रीय सदस्यसहित एक सय जना कांग्रेस प्रवेश 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका १०० जना नेता–कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । 

सभापति देउवाले खादा लगाउँदै उनीहरूलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका छन् । कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरे । 

‘पार्टीमा नयाँ–पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्यांकन गरेर अवसरको बाँडफाँट गरिने छ,’ सभापति देउवाले भने, ‘तपाईँहरू सबैजना सक्रियतापूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’ 

रामेछाप कांग्रेसका सभापतिसमेत रहेका उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्लाका नेता–कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन समन्वय गरेका हुन् । 

नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे । पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो । 

कांग्रेसमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछापका उपाध्यक्ष दशराम सुनुवारलगायत १०० जना नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : ११ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध