सामाजिक सञ्जाल विधेयकविरुद्ध नेविसंघको प्रदर्शन « Khabarhub

सामाजिक सञ्जाल विधेयकविरुद्ध नेविसंघको प्रदर्शन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए ।

कांग्रेसको झण्डामा रहेका चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रूपमा व्याख्या गर्ने गरिएको छ । चार वटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ ।

साथै, ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?, ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारा सहित विरोध गरिएको थियो ।

सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालत बाहिर हुनुलगायत रहेको संघले जनाएको छ ।

विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुंगानाले बताए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : २३ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १