प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप « Khabarhub

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्न सडक खन्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन नै फुटेको खुलेको छ।

काठमाडौंको बबरमहलस्थित विशेष अदालत अगाडिको सडकमा बिजुलीको तार भूमिगत गर्ने क्रममा प्राधिकरणले मेशिन लगाएर खनिरहेको थियो ।

त्यही क्रममा सडकमुनि रहेका मेलम्ची खानेपानी आयोजनाका करिब ५ वटा पाइपमध्ये मुख्यमै क्षति पुगेको हो । लहरै बिच्छ्याइएका पाइपमध्ये मुख्यमै प्राधिकरणको मेशिनले छुन पुग्दा ठूलो आवाजसहित पड्किन पुगेको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता महानन्द जोशीले खबरहबलाई बताएअनुसार केही दिनयता उक्त क्षेत्रमा प्राधिकरण बिजुलीको तार भूमिगत गर्न खनिरहेको थियो ।

‘अन्डरग्राउन्ड केबलिङको काम प्राधिकरणले अघि बढाउने क्रममा मेलम्चीको मुख्य पाइपमा क्षति भएको छ’, उनले भने, ‘त्यस क्षेत्रमा मेलम्ची खानेपानीका पाँचवटा पाइप रहेछन् । जसमा प्राधिकरणको ड्रिलिङ मेशिनले मुख्य पाइपमै छोएपछि पड्किएर पानी बाहिर निस्किएको हो।’

लहरै पाइप गाडिएकाले मेलम्ची खानेपानी आयोजनालाई कुन पाइप फुटेको ठम्याउन केही समय लाग्यो । पाँचवटा पाइपमध्ये पहिचान गर्न समय लाग्दा बाढीकै रुप लिएर बबरमहलस्थित विशेष अदालतसहितको क्षेत्र डुबानमा परेको हो ।

मुख्य पाइप फुटेपछि बिजुलीबजारबाट माइतीघर जाने बबरमहलको सडकमासमेत क्षति भएको छ । विशेष अदालतसहित वरपरका सरकारी कार्यालय डुबान भएको छ ।

मुख्य पाइप फुटेपछि आवातजावतमा समस्या भएको थियो । अहिले मेलम्ची खानेपानी परियोजनाले त्यस क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ३१ बजे

नेपालले गुमायो दोस्रो विकेट, विल ज्याक्सको बलमा कुशल भुर्तेल कट एण्ड बोल्ड

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

नेपालले गुमायो पहिलो विकेट, आशिफ आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीले फागुन

विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक

काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक विराटनगर

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान