१६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध उजुरी  « Khabarhub

१६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध उजुरी 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । बुढीगंगा नगरपालिका घर भएकी अन्दाजी १६ बर्षीया बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेको छ। 

माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । 

पीडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् । बलात्कारको आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने अन्दाजी २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन् । बालिकामाथि भएको सामूहिक बलात्कारको विषयमा आवश्यक अनुसन्धान र फरार रहेका आरोपितहरूको खोजी कार्य जारी रहेको बाजुरा प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ३८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको