१६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध उजुरी  « Khabarhub

१६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध उजुरी 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । बुढीगंगा नगरपालिका घर भएकी अन्दाजी १६ बर्षीया बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेको छ। 

माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । 

पीडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् । बलात्कारको आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने अन्दाजी २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन् । बालिकामाथि भएको सामूहिक बलात्कारको विषयमा आवश्यक अनुसन्धान र फरार रहेका आरोपितहरूको खोजी कार्य जारी रहेको बाजुरा प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ३८ बजे

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर