अघि बढ्ने भयो ६७० मेघावाटको दूधकोशी, वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक स्वीकृति « Khabarhub

अघि बढ्ने भयो ६७० मेघावाटको दूधकोशी, वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक स्वीकृति


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ खारेज गर्ने निर्णय गरेको छ।

यही माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली बिकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

६७० मेघावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अघि बढाउन सैद्धान्तिक सहमति दिएको गुरुङले बताए ।

त्यस्तै बैठकले नेपाल र युक्रेनबीच कुटनीतिक, आफिसियल र सर्भिस राहदानीबाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झैतापत्र स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले बीमा नियमावली २०८१ स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) १७ जनाको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ४६ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।