जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा « Khabarhub

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन् । जनयुद्ध दिवसको अवसरमा भोली फागुन १ गते उनीहरुले विदा दिन लागेका हुन् । 
 
सिंजा गाउँपालिकाको कार्यपालिकाको मिति २०८१ माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ऐतिहासिक जनयुद्धको स्मरण गर्दै युद्धका क्रममा यस चौरजहारी नगरपालिका क्षेत्रका ५५ जना योद्धाले सहादतसमेत प्राप्त गरेकोले सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका फागुन १ गते यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ । 

त्यसैगरी, कालीकोटको महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाले र रास्कोट नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेका छन् ।

त्यस्तै, कालीकोटको पलाताँ गाउँपालिकाले पनि विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०८ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि