कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्‍नू « Khabarhub

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्‍नू


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

नेपाल निजामतिी कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।

‘तपाईंहरूले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ’, उनले भने, ‘सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।’

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समयमा सेवा दिने कुरामा चुक्न नहुने पनि बताए । ‘समयमा सेवा दिने कुरामा तपाईँहरु चुक्नु हुँदैन । अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस संगठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न’, उनले भने, ‘यस्तो होस् कि तपाईंबाट सेवा पाएको मान्छेले खुसी भएर निजामती संगठनको मान्छे रहेछ भन्ने स्वतः चिनेर धन्यवाद देओस् ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा