कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्‍नू « Khabarhub

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्‍नू


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

नेपाल निजामतिी कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।

‘तपाईंहरूले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ’, उनले भने, ‘सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।’

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समयमा सेवा दिने कुरामा चुक्न नहुने पनि बताए । ‘समयमा सेवा दिने कुरामा तपाईँहरु चुक्नु हुँदैन । अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस संगठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न’, उनले भने, ‘यस्तो होस् कि तपाईंबाट सेवा पाएको मान्छेले खुसी भएर निजामती संगठनको मान्छे रहेछ भन्ने स्वतः चिनेर धन्यवाद देओस् ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०३ बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात