पाइप फुटेर जलमग्न बबरमहलमा खानेपानी मन्त्री, साँझसम्म ५० प्रतिशत पानी घट्यो « Khabarhub

पाइप फुटेर जलमग्न बबरमहलमा खानेपानी मन्त्री, साँझसम्म ५० प्रतिशत पानी घट्यो


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादव पोखराबाट काठमाडौं आएर बबरमहल क्षेत्र पुगेका छन् ।

बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन भूमिगत गर्न होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलस्थित खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।

‘म कार्यक्रमको लागि पोखरामा थिएँ । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौं आई अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँमा आएको छु’, उनले भनेका छन् ।

उनले पाइप फुटेपछि पानी बन्द गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड, पीआईडी प्रमुखलाई निर्देश दिइसकेको बताएका छन् ।

‘अहिले करिब ५० प्रतिशत पानी घटिसकेको छ । मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य), केयूकेएलका सीईओ अशोककुमार पौडेल, पीआईडीका प्रमुख टीकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबरमहलमै छौँ’, उनले भनेका छन्, ‘पानी जमेर त्यहाँ रहेका सवारीसाधन डुबानमा परेको तथा आवतजावतमा समस्या भएको खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न र वास-आउट खोल्न निर्देशन दिएको छु।’

यादवका अनुसार हाल बबरमहल क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ। ‘पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले मलाई गहिरो दु:ख लागेको छ’, उनले भनेका छन्, ‘सम्बन्धित निकायहरूले शीघ्र मर्म गरी जनजीवन सुचारु गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ०४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा