होलीमा किन लगाइन्छ सेतो कपडा ? « Khabarhub

होलीमा किन लगाइन्छ सेतो कपडा ?


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलि होली पर्व हो । सायद तपाइ पनि भोलिको लागि लगाउने सेतो खालको टिसर्ट वा अन्य सेतै कपडाको खोजीमा हुनुहुन्छ होला । 

हामी धेरैलाई होली भन्ने बित्तिकै सेतै कपडा लगाएर खेल्ने चाड भन्ने लाग्छ ।  होली रङ्गहरूको पर्व हो । यस दिन सेतो रङ्गको पहिरनमा सजिएर एक अर्कामा रङ्ग लगाउँदै खुसीयाली बाँडिन्छ ।

होली दुई दिनसम्म मनाइन्छ । शास्त्रका अनुसार त्रेता युगमा भगवान् विष्णुका परम भक्त अर्थात् हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनकै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन्, त्यस कारण यो दिन होलिकाको दहन गरिन्छ ।

होलीमा सेतो पहिरनलाई बढी प्राथमिकता दिनुका कारणहरू : 

सेतो रङ्गलाई शान्तिको प्रतीक मानिन्छ । यो पर्व आपसी तिक्तता भुलेर मिलीजुली रमाइलो गर्ने पर्व पनि हो । त्यसैले मानिसहरू मानवता र भाइचारा दर्साउनका लागि होलीमा सेतो कपडा लगाउँछन् ।

प्रहलाद त्यस समय भगवान् विष्णुकै नाम जपिरहेका थिए, त्यस कारण उनी सुरक्षित रहेको विभिन्न किंवदन्ती  अनुसार होली पर्व असत्यमाथि सत्यको जीतको प्रतीक हो । सेतो रङ्ग पनि सत्यको प्रतीक हो ।

सेतो रंग शुद्धता र सादगीको प्रतीक हो । होलीको दिन मानिसहरूले सेतो लुगा लगाउँदा रङ्गको चमक झन् गाढा देखिने गर्छ । सेतो लुगाहरूले आफ्नो मौलिक रूपमा रंगहरू प्रदर्शन गर्दछ, जसले गर्दा चाडको आनन्द दोब्बर हुन्छ ।

प्राकृतिक र सौन्दर्यले भरिपूर्ण सेतो लुगा प्राकृतिक रूपमा सबै रंगहरूसँग मेल खान्छ । होलीको दिन मानिसहरू रङमा भिजेको बेला सेतो कपडाले ती रंङहरुलाई झनै जीवन्त बनाइदिन्छ ।  

सेतो रंग आध्यात्मिक रूपमा पवित्रता, शान्ति र नवीकरणको प्रतीक मानिन्छ । होली पर्वले बाह्य मात्र होइन आन्तरिक रूपमा पनि शुद्धीकरण र नयाँ सुरुवातको सन्देश दिन्छ। सेतो लुगा लगाएर मानिसहरूले यो आध्यात्मिक भावना व्यक्त गर्छन् र आफ्नो मन र आत्मालाई शुद्ध गर्ने प्रयास गर्छन्।

त्यस कारण पनि मानिसहरू होलीमा सेतो रङ्गका कपडा लगाउन मन पराउँछन् ।साथै सेतो रङ्गले कुल लुक्स पनि दिन्छ, यो रङ्ग हरेकलाई सुहाउँछ । -अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : १६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो