सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने « Khabarhub

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ ।

नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा. सञ्जयप्रसाद साहले जानकारी दिए ।

डा. साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उनले भने, ‘आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ ।’

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपीडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ ।

लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु एउटा गौरवको आयोजना भएको बताए ।

अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ५९ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ