प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने « Khabarhub

प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् । 

सुदूरपश्चिम र आर्मीको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । आर्मीले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

यस्तै, कोशी प्रदेश र नेपाल पुलिसबीचको खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुनेछ । अहिलेसम्मका खेलमा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ । पुलिसले आज दोस्रो खेल खेल्दैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : २८ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण