९ निर्माण कम्पनी कालोसूचीमा « Khabarhub

९ निर्माण कम्पनी कालोसूचीमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ ।

कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखआए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा, रेसुङ्गा नगरपालिका–१२, गुल्मी, ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि., टोखा नगरपालिका–१० काठमाडौं, सनम निर्माण सेवा, खाँदबारी, संखुवासभा, निर्जरा निर्माण सेवा, खाँदबारी, संखुवासभा, जी.एस. निर्माण संसार कम्पनी प्रा.लि. काभ्रे, कमन कन्स्ट्रक्सन काभ्रे लगायत छन् ।

कालोसूचीमा परेका कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ ।

उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०९ बजे

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२