‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा « Khabarhub

‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार एक मिनेट १६ सेकेन्डको टिजर सार्वजनिक गरेको हाे ।

टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले बालबालिकामा पार्ने मानसिक असरमा फिल्म बनेको प्रष्ट हुन्छ । टिजर एक बालिका मोबाइल एडिक्सनमा परेपछि उत्पन्न हुने समस्यामा केन्द्रित छ ।

टिजरमा फिल्मका केन्द्रीय कलाकार सुनील पोखरेल, वर्षा सिवाकोटी, आयुषी ढकाल, विशाललाई देख्न सकिन्छ । फिल्ममा उनीहरुसहित विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहने बताइएको छ ।

निर्देशक भट्टराई सामाजिक विषयवस्तुमा फिल्म बनाउने फिल्मकर्मीका रुपमा चिनिन्छन् । यसअघि उनले फिल्म ‘झोला’मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथा विरुद्धको कथा उठान गरेका थिए ।

यो पटक भने उनले अहिलेको सान्दर्भिक विषय मोबाइल एडिक्सनको कथा उठान गरेका छन् । यसअघि मोबाइल एडिक्सन मुद्दा उठान गरेर कुनै नेपाली फिल्म बनेका छैनन् ।

प्रविधिको सामाजिक विस्तारीकरण र यसले पार्ने प्रभावबारे ‘झिल्को’ निर्माण भएको निर्देशक भट्टराईको भनाइ छ ।

‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टीभीको सहकार्यमा बनेको यो फिल्म आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।

यसअघि भने यो फिल्मको प्रदर्शन मिति पुस ५ गतेलाई तोकिएको थियो ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ११ : ११ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी