मेवाका बिरुवाको माग बढ्दो « Khabarhub

मेवाका बिरुवाको माग बढ्दो


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवाको माग बढ्दै गएको छ । व्यावसायिक कीट विकास फार्म भण्डारले उन्नत जातको मेवाका बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछी माग बढेको हो ।
 
कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको जग्गामा लगाइएका बिरुवा बिक्रीका लागि तयार भएका छन् । 

उनले भने, “थोरै बिरुवा उत्पादन गरिएको भए पनि माग उच्च छ ।” अहिले चार हजार बीउ लगाइएकामा तीन हजार हाराहारी बिरुवा उत्पादन भएका छन् । 

उनका अनुसार रेड लेडी जातको मेवाका बिरुवा उत्पादन गरी बिक्री गर्न थालिएको हो । यो ताइवानको बीउ हो । यो मेवा फल धेरै लाग्ने र छोटो समयमा खानका लागि तयार हुने गर्दछ । गत माघको दोस्रो साता लगाइएको बीउका बिरुवा अहिले रोप्नका लागि तयार भएका हुन् । 

अझै एक हप्तापछि रोप्न उपयुक्त हुने उनले बताए। बिरुवा रोपेको दश महिनापछि राम्रो उत्पादन दिने गर्दछ । कार्यालयका कृषि प्राविधिक पवनकुमार यादवका अनुसार उन्नत जात भएकाले एक वर्ष उत्पादन लिएर पुनः बिरुवा लगाउँदा उपयुक्त हुन्छ । यसले पनि दुई–तीन वर्षसम्म पनि फल भने दिने गर्दछ । पछिल्लो वर्षमा उत्पादन क्षमता घट्दै जाने उनको भनाइ छ।
 
उत्पादन राम्रो हुने भएकाले किसानले बिरुवाको माग धेरै गरेका छन् । हालसम्म चार हजारभन्दा बढी बिरुवाको माग भइसकेको छ । पहिला नाम टिपाउनेलाई बिरुवा दिने उनले बताए। दुई पटक गरेर बिरुवा उमार्ने लक्ष्य लिइएको भए पनि बीउ नपाउँदा दोस्रो लट रोप्न नपाएर मागअनुसार दिन नसकिएको हो । धेरै एकैचोटी लगाउँदा खेर जान सक्ने भएकाले सुरुमा थोरै लगाइएको उनले बताउँछन् ।
 
कार्यालयले चार वर्षअघिदेखि मेवाको बिरुवा उत्पादन सुरु गरेको हो । स्थानीय जातका मेवाभन्दा धेरै उत्पादन दिने र स्वादमा फरक पाइने यो जातका बिरुवाको माग बढेपछि आगामी वर्षमा उत्पादन बढाउने उनले बताए।

 उनका अनुसार मेवाका बिरुवालाई प्रतिगोटा रु ३५ मा बिक्री गरिएको छ । अहिले चितवनसहित मकवानपुर, धादिङलगायतका जिल्लाबाट मेवाका बिरुवाको माग आएको छ ।
 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ५८ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक