तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद « Khabarhub

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि उनीहरूले आपत्ति जनाएका हुन् ।

कांग्रेस सांसदहरूले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका हुन् ।

शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका-९ को लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी थिइन् ।

उनले स्थानीय बासिन्दाको उजुरीपछि पनि स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको गुनासो गरेकी थिइन् ।

सुमनासँगै रास्वपाका अर्का सांसद शिशिर खनालले पनि नेवार समुदायको चिहानको उक्त जग्गा कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका थिए ।

उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय तहले संरक्षणमा कुनै पहल नगरेको आरोप लगाएका थिए । ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर-९ लोकतान्त्रिक चोकस्थित नेवार समुदायको चिहान रहेको कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको अवस्था छ । स्थानीयवासीको गुनासो र उजुरीको बावजुद स्थानीय तहले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको गुनासो आएको छ,’ खनालले भने ।

सांसद श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरूले उठेर आपत्ति जनाए । उनीहरूले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउनसमेत माग गरे ।

रास्वपा नेताहरूले यस्तो आरोप लगाएपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाए। जसका कारण संसद् बैठक केहीबेर अवरुद्ध भयो । विरोध जनाउने कांग्रेस सांसदहरूमा राजेन्द्र बजगाईं, सुशीला थिङ र सन्तोष चालिसेसहित थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए ।

यस विषयमा आएका विवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरेका थिए । कांग्रेस सांसदहरूले आशन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ५३ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय