पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत | Khabarhub Khabarhub

पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहित सडकमा आएका प्रदीपविक्रम राणा गोरखपुर पुगेको खुलेको छ ।

आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भागेर गोरखपुर आइपुगेको जानकारी उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्सलाई दिएका छन् । सरकारले आफूलाई पक्राउ गर्न प्रहरी खटाएको सूचना पाएपछि भारतमा शरण लिन आइपुगेको उनले बताएका छन् ।

५८ वर्षीय काठमाडौंका बासिन्दा उनी भागेर यही मंगलबार गोरखपुर आइपुगेको भन्दै नवभारत टाइम्सले अनलाइन संस्करणमा लामो समाचार छापेको छ ।

‘भारत सरकार र योगीजी (उत्तर प्रदेशका मुख्यमन्त्री) सँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप उनलाई लगाइएको छ’, नवभारत टाइम्सले लेखेको छ ।

पूर्वराजा शाह एक महिना लामो पोखरा बसाइपछि काठमाडौं फर्किने क्रममा स्वागतका लागि त्रिभुवन विमानस्थलसम्म पुगेको पनि उनले खुलाएका छन् ।

‘स्वागतका क्रममा मैले राजा (ज्ञानेन्द्र) र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोकेको थिएँ’, उनले भनेका छन्, ‘मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको नेता हो । म उहाँलाई धेरै मन पराउँछु ।’

गोरखपुर पुगे पनि आफूले आजसम्म योगी आदित्यनाथलाई भेट्न नपाएको बताएका छन् । उनले नवभारत टाइम्ससँग भनेका छन्, ‘मैले कुनै भारतीय नेतासँग भेट गरेको छैन, पैसा लिने कुरा त धेरै परको भयो । म हाम्रा राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीलाई सम्मान गर्दछु । मेरो गल्ती यही हो, यही कारण मलाई पक्राउ गर्न खोजिएको छ ।’

उनले आफूसहितका सर्वसाधारण नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेपर्ने पक्षमा लामो समयदेखि संघर्षमा रहेको पनि बताएका छन् । ‘म निकै मुश्किलले लुक्दै-भाग्दै काठमाडौंबाट निस्किएँ’, उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र पुनर्वहालीसँगै हिन्दु राष्ट्र बनाउने लडाइँ मेरो श्वास हुन्जेल जारी राख्छु ।

तस्बिर विवाद

प्रदीपविक्रमसहितका राजावादीहरूले फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका थिए ।

उक्त तस्बिरमा प्रदीपविक्रम राणाले आफ्नो नाम नै लेखेका थिए । उक्त तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएकामध्ये राणा र अर्का व्यक्तिले बोकेर प्रदर्शन गरेका थिए ।

पूर्वराजा शाह र योगीको ठूलो फोटोसहित उनीहरू विमानस्थल क्षेत्रमा पुगेका थिए । यो फोटोलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि प्रश्न उठाएका थिए । उनले ‘राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू’, भनेर यो आन्दोलन कसको निर्देशनमा भएको हो भन्ने सन्देश दिन खोजेका थिए ।

त्यसपछि उक्त तस्बिर प्रधानमन्त्रीका सल्लाहकार रिमालले नै बोक्न लगाएको गम्भीर आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएका थिए । तर शाहीको उक्त आरोपलाई मुख्य सल्लाहकार रिमालले कडा शब्दसहित खण्डन गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : २४ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र