पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत « Khabarhub

पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहित सडकमा आएका प्रदीपविक्रम राणा गोरखपुर पुगेको खुलेको छ ।

आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भागेर गोरखपुर आइपुगेको जानकारी उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्सलाई दिएका छन् । सरकारले आफूलाई पक्राउ गर्न प्रहरी खटाएको सूचना पाएपछि भारतमा शरण लिन आइपुगेको उनले बताएका छन् ।

५८ वर्षीय काठमाडौंका बासिन्दा उनी भागेर यही मंगलबार गोरखपुर आइपुगेको भन्दै नवभारत टाइम्सले अनलाइन संस्करणमा लामो समाचार छापेको छ ।

‘भारत सरकार र योगीजी (उत्तर प्रदेशका मुख्यमन्त्री) सँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप उनलाई लगाइएको छ’, नवभारत टाइम्सले लेखेको छ ।

पूर्वराजा शाह एक महिना लामो पोखरा बसाइपछि काठमाडौं फर्किने क्रममा स्वागतका लागि त्रिभुवन विमानस्थलसम्म पुगेको पनि उनले खुलाएका छन् ।

‘स्वागतका क्रममा मैले राजा (ज्ञानेन्द्र) र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोकेको थिएँ’, उनले भनेका छन्, ‘मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको नेता हो । म उहाँलाई धेरै मन पराउँछु ।’

गोरखपुर पुगे पनि आफूले आजसम्म योगी आदित्यनाथलाई भेट्न नपाएको बताएका छन् । उनले नवभारत टाइम्ससँग भनेका छन्, ‘मैले कुनै भारतीय नेतासँग भेट गरेको छैन, पैसा लिने कुरा त धेरै परको भयो । म हाम्रा राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीलाई सम्मान गर्दछु । मेरो गल्ती यही हो, यही कारण मलाई पक्राउ गर्न खोजिएको छ ।’

उनले आफूसहितका सर्वसाधारण नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेपर्ने पक्षमा लामो समयदेखि संघर्षमा रहेको पनि बताएका छन् । ‘म निकै मुश्किलले लुक्दै-भाग्दै काठमाडौंबाट निस्किएँ’, उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र पुनर्वहालीसँगै हिन्दु राष्ट्र बनाउने लडाइँ मेरो श्वास हुन्जेल जारी राख्छु ।

तस्बिर विवाद

प्रदीपविक्रमसहितका राजावादीहरूले फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका थिए ।

उक्त तस्बिरमा प्रदीपविक्रम राणाले आफ्नो नाम नै लेखेका थिए । उक्त तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएकामध्ये राणा र अर्का व्यक्तिले बोकेर प्रदर्शन गरेका थिए ।

पूर्वराजा शाह र योगीको ठूलो फोटोसहित उनीहरू विमानस्थल क्षेत्रमा पुगेका थिए । यो फोटोलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि प्रश्न उठाएका थिए । उनले ‘राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू’, भनेर यो आन्दोलन कसको निर्देशनमा भएको हो भन्ने सन्देश दिन खोजेका थिए ।

त्यसपछि उक्त तस्बिर प्रधानमन्त्रीका सल्लाहकार रिमालले नै बोक्न लगाएको गम्भीर आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएका थिए । तर शाहीको उक्त आरोपलाई मुख्य सल्लाहकार रिमालले कडा शब्दसहित खण्डन गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : २४ बजे

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई