शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय | Khabarhub Khabarhub

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

कीर्तिपुर अस्पतालमा बढ्दै जलनका बिरामी, दैनिक ४० जना भर्ना


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास विष्फोटका घाइते ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

विष्फोटमा ११ जना घाइते भएका थिए । गम्भीर घाइते ४ जनाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भयो । त्यस्तै यही फागुन २६ गते ललितपुर महानगरपालिका- २४ को पसलबाट ल्याएको नयाँ ग्यास ग्यास चुलोमा जोडने क्रममा अचानक लिक भई आगलागी हुँदा ३ जना जलेर घाइते भए । 

तिनै जनाको गम्भीर अवस्थामा कीर्तिपुर अस्पतालमा उपचार भइहरेको छ । वर्षेनि ७ सय बढी जलनका बिरामीहरूको उपचार गर्दै आएको कीर्तिपुर अस्पतालमा ग्यास विस्फोटका घाइते धेरै आउने गरेको बताउँदै अघिल्लो वर्ष मोरङको उर्लाबारीमा मात्रै ग्यास विष्फोटबाट २५ जना घाइते भएर आएका वरिष्ठ प्लाष्टिक सर्जन प्रा. डा. शंकरमान राइले बताए । 

यस वर्षको सुरुवातमै यस्ता घटनाहरू धेरै भएको उनको भनाई छ  । उनका अनुसार सन् २०२४ मा ७ सय १० जना जलनका बिरामी उपचारका लागि आएकोमा यसवर्ष विगत २ हप्तादेखि दैनिक ४० जनाको वरिपरि जलनका बिरामी आइरहेका छन् । 

खबरहबसँग कुरा गर्दै डा. राईले भने, ‘यस वर्ष गत वर्षको भन्दा संख्या धेरै हो । अहिले अस्पतालबारे धेरैलाई जानकारी भएर पनि होला । हुन त अन्य अस्पतालमा पनि जलनको उपचार हुन्छ ।’ तर जटिल अवस्थाका बिरामीहरूको उपचार कीर्तिपुर अस्पतालमा मात्रै हुने भएकाले गम्भीर अवस्थाका बिरामी धेरै आउँदा सबैलाई बचाउन कठिन हुने गरेको उनको भनाई छ । 

विगतको तुलनामा उपचारमा धेरै प्रविधिहरुको विकास भइरहेकाले यस अस्पताल जलनको उपचारका लागि उत्कृष्ट र प्रमुख भएको दाबी गर्दै डा. राईले भने सुरुवाती अवस्थामा शरीरको ४० प्रतिशत भन्दा बढी भाग जलेका १ जना बिरामी पनि बचाउन सक्ने अवस्था थिएन तर अहिले सय मा ५० जना बिरामीलाई बचाउन सफल भएको बताए । 

वर्षेनि १६ प्रतिशत बिरामी भने एकदमै गम्भीर अवस्थाका हुने भएकाले बचाउन नसकिएको उनको भनाई छ । 

जनरल अस्पताल भए पनि विगत १२ वर्षदेखि जलनकै उपचारलाई प्राथमिकतामा राखेर सेवा दिँदै आएको यो अस्पतालले जलनकै छुट्टै टिम बनाएर उपचार गरिरहेको डा. राईले बताए । 

उनका अनुसार सो टिमलाई भारत, इटाली, जर्मनी अमेरिका लगायतका विभिन्न देशहरूमा पठाएर तालिम दिने र झन्डै १५/१६ देशहरुका विज्ञहरूलाई नेपालमै ल्याएर पनि सिकाउने काम अस्पतालले गरिरहेको छ । 

देशका ७५ वटा जिल्लाबाट बिरामी आउने १ सय बेडको अस्पतालमा संख्याको आधारमा तेस्रो नम्बरमा जलनका बिरामीहरू हुने गरेको उनको भनाइ छ । 

सरकारको सहयोगले उपचारमा सहजता 

सरकारले अहिले जलनका क्षेत्रमा जुन काम गरीहरहेको छ त्यसले  उपचारमा धेरै सजिलो भएको उनले बताए । 

विगतका दिनहरूमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको उपचार कसरी गर्ने भनेर धेरै संघसं स्थाहरु गुहार्नुपर्ने हुन्थ्यो भने अहिले सरकारले यो समस्यालाई बुझेर धेरै अस्पतालमा जलनको उपचार सहज भएको उनले भने । 

धेरै बिरामीहरुले निःशुल्क जस्तै गरी एकदमै थोरै शुल्कमा उपचार सेवा पाइरहेका उनले बताए । 

आगलागी हुँदा के गर्ने ?

जंगलमा लागेको आगो निभाउन खोज्दा आर्मीका ३ जना घाइते भएका र ती मध्ये २ जनालाई बचाउन नसकिएको उदाहरण दिँदै उनले अहिले आगलागीको मौसम भएकाले सचेत रहन आग्रह गरेका छन् । 

आगोजन्य वस्तुहरु जस्तै चुरोटको ठुटोहरु जहाँसुकै नफाल्न, सानो आफै निभाउन सक्ने खालको भए मात्रै निभाउने प्रयास गर्न र यदि ठुलो जंगलमै आगो लागेको छ भने अघि सरेर निभाउन नजान डा. राईको सुझाव छ । 

नजिकै गएर आगो निभाउन खोज्दा लप्काले टिप्न सक्ने भएकाले सचेत हुनुपर्ने बताए । सुरक्षा निकायका मान्छेहरूले पनि सामान्य कपडाहरू लगाएर अघि सर्नुहुँदैन । टाढैबाट दमकलको सहायताले निभाउनुपर्छ उनले भने । कि त आगोले नटिप्ने खालको कपडा लगाएर जानुपर्छ त्यस्तो कपडाहरू हामीसँग नभएकाले आफ्नो ज्यानको सुरक्षा गर्दै होसियारीका साथ आगो निभाउनुपर्छ उनले भने । 

केहीगरी शरीरमा आगोले टिप्दा तत्काल के गर्ने ? 

  • सबैभन्दा पहिले जलिरहेको आगोलाई निभाउने प्रयास गर्ने । 
  • जलेको मान्छे आफैले पनि भुईमा लडिबुडी गरेर निभाउनुपर्छ । किनकि जमिनसँग शरीर जोडिँदा जलिरहेको आगो चाँडो निभ्छ । 
  • आगो निभेपछि आधा घण्टासम्म बगिरहेको पानी लगाउने बाल्टीनले धारो पारेर होस् वा धारोले होस् सामान्य पानी जलेको घाउमा खन्याउने । झुक्किएर पनि बरफ या अन्य धेरै चिसो बस्तु लगाउनुहुँदैन । 

यत्ति गरिसकेपछि मात्रै अस्पताल जानुपर्छ । जल्ने बित्तिकै दौडेर अस्पताल जान खोज्दा आगोको रापले गर्दा घाउ झनै गहिरो बनाउन सक्ने भएकाले घाउमा पानी राखेर सफा कपडाले छोपेर मात्रै अस्पताल जान डाक्टरको सुझाव छ । 

‘यसबारेमा धेरैलाई जानकारी नभएकाले हामीले विभिन्न अस्पतालहरुमा तालिम पनि दिइरहेका छौँ । तर सवै ठाउँमा हामी पुग्न सकेका छैनौँ जसका कारण अहिले पनि अस्पतालमा आउने कति बिरामीहरू आत्तिँदै अस्पताल आउने, कतिले मलमहरू लगाएर आउने गरेका उनले बताए । 

जलनको पहिलो औषधी पानी भएकाले तत्काल पानीको प्रयोग गर्न उनी सुझाउँछन् । 

शानदार मम ग्यास विस्फोटका घाइते सबै जना डिस्चार्ज भइसकेका छन् । उनीहरूको सामान्य अप्रेसनहरू गर्नुपरे पनि अङ्गभङ भने नभएको डा. राइले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ५३ बजे

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङ – मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पा – पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको

उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

तुलसीपुर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

काठमाडौं – जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही

राजस्थानले कोलकातालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा राजस्थान रोयल्सले