३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल « Khabarhub

३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसलले टुजी र थ्रीजी सेवा बन्द गर्ने जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक जाब्बोर कायुमोभले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘रिभाइटलाइजिङ दी टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो विचार राख्दै सो एनसेल टुजी र थ्रीजी सेवा बन्द गर्ने योजनामा रहेको बताएका हुन् ।

उनले सन् २०२५ भित्र थ्रीजी र सन् २०२७ भित्र टुजी सेवा बन्द गर्ने तयारीमा एनसेल रहेको बताए । ‘हामीले २०२५ थ्रीजी र २०२७ मा टुजी बन्द गर्ने योजना बनाएका छौं, तर ३३ लाख टुजी ह्यान्डसेट चलिरहेका छन्, नयाँ भोल्ट सर्पोट नभएका ह्यान्डसेटको  आयात रोक्न नियामकीय सहयोग आवश्यक छ’, उनले भने ।

उनले अन्य धेरै देशले सो विषयलाई लागू गरिसकेको समेत बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : १७ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ