अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह « Khabarhub

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।

सरकार गठन भएको ८ महिना बितिसकेको अवस्थामा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्नुले सुशासनमाथि प्रश्न उठाएको उनले जिकिर गरे ।

प्रतिनिधिसभामा बुधबार पेस भएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै साहले सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गरे।

सांसद साहले सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भए पनि वर्तमान सरकार कुनै पनि विषयमा त्यस्तो नभएको आरोप लगाए । उनले भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याइएको आरोपसमेत लगाए ।

अहिले देशमा कर आतंक रहेको उनले आरोप लगाए ।‘सरकारपिछेको कर आतंकले हाम्रो अर्थतन्त्र धराशयी हुँदै गएको छ । महंगी आकाशिएको छ । उद्योग तथा व्यवसाय चौपट भएका छन् । व्यापार घाटामा छ’, उनले भने, ‘जनताको जनजीवन कष्टकर छ । कर लिएबापत सरकारले जनतालाई सुविधा दिन सकेको छैन ।’

साहले विश्वमै नेपाल सबैभन्दा बढी कर लिने देशका रुपमा चिनिएको बताए । तर त्यसको बदलामा जनतालाई सुविधा नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

भारत र चीनभन्दा नेपालमा चार गुणा बढी कर लिइने भन्दै उनले त्यसको बदलामा जनतालाई चार गुणा बढी सुविधा दिनुपर्ने तर्क गरे । उनले जनतालाई सुविधा दिनेगरी कानुन, नियम बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ४३ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका