पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या « Khabarhub

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएपछि देश नै तरंगित भएको छ।

चरमपन्थीहरूले रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरिसकेका छन् । ४५० जना सवार रेलबाट २१४ जनालाई बन्दी बनाइएको थियो ।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको थियो ।

संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिएको थियो । उक्त रेल क्वेटा सहरबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएका थिए ।

पाकिस्तानी सुरक्षा सूत्रका अनुसार बलुचिस्तान प्रान्तमा रेल हाइज्याक गरिएपछि अहिले बचाउ र उद्धार अभियान चलाइएको छ । तर बन्धकहरूसँगै आत्घाती आक्रमणकारी पनि सवार रहेकाले ठोस कदम चाल्न पाकिस्तानी सरकारलाई समस्या भएको छ ।

पाकिस्तानमा सैन्य सुत्रले बीबीसीलाई बताएअनुसार उद्धार अभियानका क्रममा अहिलेसम्म १५५ यात्रुलाई बचाइएको छ । त्यसैगरी २७ जना चरमपन्थी पनि मारिएका छन्।

अर्कातर्फ रेल नियन्त्रणमा लिएको समूहले त्यसमा सवार अधिकांश सुरक्षाकर्मीको ज्यान लिएको जनाएको छ । तर दुवैतर्फ भएको हताहतीको औपचारिक पुष्टि हुन सकेको छैन ।

रेलवे अधिकारीहरूका अनुसार क्वेटा रेलवे स्टेशनबाट राहत ट्रेनमार्फत् २० भन्दा धेरै कफिन पनि पठाइएको छ।

एक अधिकारीले बताएअनुसार क्वेटाबाट बोलनका लागि राहत ट्रेन पठाइएको हो । जसमा उद्धार र राहत सामाग्री पनि छन् । क्वेटा प्रशासनले २०-२५ वटा खाली कफिन पनि पठाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ५८ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका