पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल | Khabarhub Khabarhub

पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको थियो । यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग छलफल गरिएको थियो ।

कार्यक्रममा टीसीएल  नेपालका प्रतिनिधिले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू, र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार प्रदर्शनीमा टेलिभिजन, रेसिडेन्टल एयर कंडीशनर, वासिङ मेसिन, फ्रिज, क्यासेट एसी, साउन्डबार राखिएकामा क्यूएलइडी टिभीहरूको फोके रिजोल्युशन, इन्भर्टर एयर कन्डिसनरको ऊर्जा-सक्षम प्रविधि, र अन्य उत्पादनहरूको उच्च गुणस्तरीय विशेषताहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो । 

टीसीएल  नेपालका व्यापार इकाई प्रमुख धर्मेन्द्र जोशीले भने,’यो मिटले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने ऐतिहासिक पहल हो। हामीले यहाँका साझेदारहरूको विश्वास र समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छौँ।’

कार्यक्रमको समापनमा रात्रि भोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गर्ने डिलरहरूलाई पुरस्कृत गरिएको थियो। 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : २६ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको