पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल « Khabarhub

पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको थियो । यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग छलफल गरिएको थियो ।

कार्यक्रममा टीसीएल  नेपालका प्रतिनिधिले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू, र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार प्रदर्शनीमा टेलिभिजन, रेसिडेन्टल एयर कंडीशनर, वासिङ मेसिन, फ्रिज, क्यासेट एसी, साउन्डबार राखिएकामा क्यूएलइडी टिभीहरूको फोके रिजोल्युशन, इन्भर्टर एयर कन्डिसनरको ऊर्जा-सक्षम प्रविधि, र अन्य उत्पादनहरूको उच्च गुणस्तरीय विशेषताहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो । 

टीसीएल  नेपालका व्यापार इकाई प्रमुख धर्मेन्द्र जोशीले भने,’यो मिटले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने ऐतिहासिक पहल हो। हामीले यहाँका साझेदारहरूको विश्वास र समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छौँ।’

कार्यक्रमको समापनमा रात्रि भोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गर्ने डिलरहरूलाई पुरस्कृत गरिएको थियो। 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : २६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था