भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास | Khabarhub Khabarhub

भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी- भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सुनसरीको इनरुवास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

मंगलबार नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले भवनको संयुक्त रूपमा शिालन्यास गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू उपस्थित थिए ।

नेपाल-भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३ हजार रुपैयाँ परियोजना लागतमा त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण हुनेछ ।

नेपाल-भारत विकास सहयोगअन्तर्गत भारत सरकारको अनुदानमा विद्यालयमा दुई तल्ले भवन र अन्य सुविधा निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को अन्तरगत रहेको छ । यसको कार्यान्वयन इनरुवा नगरपालिकामार्फत् भइरहेको छ ।

त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५ प्रतिशत छात्राहरू छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारतले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको जानकारी दिए । उनले परियोजनाहरू नेपालका सबै प्रदेशमा फैलिएको बताए ।

जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । उनले वर्षौंदेखि रहिआएको भारत नेपाल विकास सहयोग साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गरेका छन् । उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता जनाए ।

कार्यक्रमका अतिथिहरूले नेपाली जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्ने उनीहरुको भनाइ थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ०१ बजे

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव