भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास « Khabarhub

भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी- भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सुनसरीको इनरुवास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

मंगलबार नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले भवनको संयुक्त रूपमा शिालन्यास गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू उपस्थित थिए ।

नेपाल-भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३ हजार रुपैयाँ परियोजना लागतमा त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण हुनेछ ।

नेपाल-भारत विकास सहयोगअन्तर्गत भारत सरकारको अनुदानमा विद्यालयमा दुई तल्ले भवन र अन्य सुविधा निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को अन्तरगत रहेको छ । यसको कार्यान्वयन इनरुवा नगरपालिकामार्फत् भइरहेको छ ।

त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५ प्रतिशत छात्राहरू छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारतले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको जानकारी दिए । उनले परियोजनाहरू नेपालका सबै प्रदेशमा फैलिएको बताए ।

जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । उनले वर्षौंदेखि रहिआएको भारत नेपाल विकास सहयोग साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गरेका छन् । उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता जनाए ।

कार्यक्रमका अतिथिहरूले नेपाली जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्ने उनीहरुको भनाइ थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ०१ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा