नागरिक उड्डयन प्राधिकरण फुटाउने प्रक्रियाको विरोधमा कर्मचारी संगठन « Khabarhub

नागरिक उड्डयन प्राधिकरण फुटाउने प्रक्रियाको विरोधमा कर्मचारी संगठन


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विषयमा कर्मचारी प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै प्राधिकरणलाई विभाजन गर्ने विषयमा असहमति जनाएको हो ।

मन्त्री पाण्डेले माघ १९ गते संघीय संसदमा दर्ता गरी फागुन १३ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको प्राधिकरणको विद्यमान संरचनालाई तहसनहस गरी दुईवटा प्राधिकरण बनाउने प्रक्रियाप्रति संगठनको असहमति र असन्तुष्टि रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

‘सञ्चालक समितिदेखिकै संरचनाहरूमा निजी क्षेत्रबाट कार्यकारी नियुक्त गर्ने, लगानी र सञ्चालनमा निजी क्षेत्र रहने व्यवस्थाहरूबाट प्रस्तुत विधेयकहरू नियमनकारी क्षमताको सुदृढीकरण तथा व्यवस्थापकीय कार्यको प्रभावकारिता अभिवृद्धितर्फ नभई नाफामा रहेका विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको स्पष्ट हुन्छ’, संगठनले भनेको छ ।

नेपालको उडान सुरक्षाको क्षेत्रमा दूरगामी रूपमा व्युत्पादक प्रभाव पार्ने, प्राधिकरणमा कार्यरत कर्मचारीको भाग्य र भविष्यसँग जोडिएको प्राधिकरण विभाजन कर्मचारी युनियनसँग छलफल नै नगराई अगाडि बढाइएकोले स्वीकार्य नभएको संगठनले भनेको छ।

नेपालको वस्तुगत आवश्यकता र कर्मचारी लगायत सरोकारवालाको चासोलाई सम्बोधन गर्न भन्दै संगठनले आगामी ७ दिनभित्र सम्बोधन नगरेमा श्रृंखलाबद्ध आन्दोलनमा जाने घोषणा गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ११ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले