आईपीएलमा आर्य, प्रसिद्ध र राठीको चमक | Khabarhub Khabarhub

आईपीएलमा आर्य, प्रसिद्ध र राठीको चमक


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

आईपीएल इतिहासमा अहिलेसम्म सबै भन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान युजवेन्द्रै चावलको छ। दुई सय विकेटको आँकडा पार गर्ने उनी एक्लो बलर हुन्। त्यसपछि धेरै विकेट लिने खेलाडी पीयूष चावला दोस्रो र तेस्रोमा रवि चन्द्र आश्विन छन्। आईपीएल इतिहासमा स्पिनरको यो दबदबालाई पार गर्ने क्रममा अहिले केही सिम बलरको उपस्थित बेजोड देखिएको छ। आईपीएलमा कुनै टोलीले ६ खेल खेलेका छन् भने कसैले ४ खेल मात्र पनि खेलेका छन्। यस बिचमा केही बेजोड प्रदर्शनको चर्चा गरिएको छ। जुन प्रदर्शन भारतीय क्रिकेटमा नै टर्निङ प्वाइन्ट बन्न पनि सक्ने छ।

पावर प्ले पछिका उत्कृष्ट प्रसिद्ध कृष्ण
यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने सिम बलरमा प्रसिद्ध कृष्ण छन्। अहिले प्रसिद्ध कृष्ण गुजरात टाइटानमा छन्। दक्षिण अफ्रिकी परिचित स्टार कासिगो रबाडा तीन खेलपछि घाइते भएका छन्। यस कारण उनको जिम्मेवारी अझ बढ्दो छ। गुजरातमा पारीको सुरुवातमा मोहम्मद सिराजले बलिङ गर्छन्। कृष्णको भूमिको भने फरक छ। उनी पहिलो पावर प्ले पछि बलको मुभमेन्ट कम हुने समयमा बलिङ गर्न आउने गरेका छन् लगातार चार खेलमा सात भन्दा कमको इकोनोमीमा बलिङ गरेका उनले हरेक खेलमा विकेट पनि लिएका छन्।

घरेलु भूमिमा मुम्बईसँग गुजरातले ‘ब्ल्याक सोयल पिच’ प्रयोग गरेको थियो। सो पिचमा उनले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। यसैगरी राजस्थानसँगको खेलमा ४३ ओभरमा २४ रन खर्चेर तीन विकेट लिए।

उनको विशेषता यो पनि छ, स्लो पिचमा स्लोअर बल फ्याँक्न माहिर उनी पेस पिचमा १४५ किलोमिटर प्रति घण्टा बढीको तेजमा लगातार बलिङ गर्न सक्छन्। पावर प्ले बाहिरका लागि सबै भन्दा उत्कृष्ट बलरको रूपमा उनी स्थापित भएका छन्। सायद यो भारतीय टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत महत्त्वपूर्ण विषय हो।

भारतीय क्रिकेटमा रोहित शर्मा र विराट कोहलीको विकल्प मात्र होइन भेट्रान मोहम्मद सामीको पनि विकल्प खोज्ने समय आइसकेको छ। यसैगरी ऋषभ पन्तको फर्म त सबैका लागि चासोको विषय भइसकेको छ। यो बहसमा साइ सुदर्शन र प्रसिद्ध कृष्ण बहसका अनुहार हुने छन्।

भारतीय स्पिनर कुलदिप यादव ३० वर्षका भइसकेका छन्। उनको विकल्पमा रवि विस्नोइ भारतीय टोलीमा समावेश भए। अहिले यस आइपिएलमा भने सो स्थानमा केही विकल्पको चर्चा हुन थालेको छ।

सबै भन्दा धेरै विकेट लिने खेलाडीको होडमा रहेका नुर अहमदले ६ खेलमा १२ विकट लिएका छन्। कलकत्तासँगको खेलमा छोटो समयमा नै खेल सकिएको थियो। ११ औँ ओभरको पहिलो बलमा नै कलकत्ताले लक्ष्य पुरा गरेको थियो। तथापि सो खेलमा अहमदले दुई ओभर मात्र बलिङ गरे पनि एक विकेट लिए। गुजरातका साइ किशोरले १० विकेट लिएका छन्।

मेहनतले बनेका दिगवेश राठी
नयाँ दिल्लीका द्रोणाचार्य त्रिक्रेट एकेडेमीका प्रशिक्षक सचिन सुक्ला आफ्ना शिष्य दिगवेश राठी अत्यन्त ट्यालेन्ट खेलाडी मान्न तयार छैनन्। तर उनको विचारमा कठोर मेहनतले प्रकृति प्रदर्शन प्रतिभाशाली खेलाडीलाई पछि पार्न सकिन्छ भन्ने कुराको उदाहरण राठी हुन्। लखनउ सुपर जेन्टका लागि ५ खेलमा उनले सात विकेट लिए। सेलिब्रेसनका दुई पटक सजाय पाइ सकेका छन्। रन अपको स्टाइल सुनिल नारायणको जस्तै छ।

कलकत्ता नाइट राइडर्सले गुजरात टाइटानको खेलमा २३९ रनको विशाल लक्ष्यतर्फ उन्मुख थियो। सो खेलमा सुनिल नारायणले १२ बलमा ३० रन प्रहार गरिसकेका थिए। आफ्ना आइडियल खेलाडीलाई उनले पहिलो खेलमा नै आउट गरे। यसपछि नै खेल लखनउको पक्षमा मोडिएको थियो। सो खेलमा राठीले ४ ओभरमा ३३ रन मात्र खर्चिए।

सन् २०१७ को समयमा १७ वर्षकै उमेरमा उनी सो एकेडेमीमा पुगेका थिए। उनले अफ स्पिन बलिङ गर्थे। अहिले स्टाइल फेरिएको छ। उनले हात पछाडि बलललाई लुकाएर राख्ने गर्छन्। उनले फ्याकेको क्याराम बल होस या गुग्ली जो कोहीका लागि पनि पत्ता लगाउन कठिन हुन्छ। उनले यस अघि कुनै उमेर समूहको प्रतियोगिता खेल्न पाएका छैनन्। दिल्लीको यु–१९ टोलीको पहिलो छनोटमा परेका उनी अन्त्यमा बाहिरिएका थिए।

उनी त्यस समयमा एकदमै निराश थिए। राठीले एक पटक हात भाँचेका थिए। सिङ्गो टिम उनको साथमा थियो। लगातार निराशाको दिन आए पनि उनले कहिल्यै पनि हरेस खाएनन्। सन् २०२० मा कोभिड महामारीको समयमा उनले अफ स्पिनरको रूपमा भारतमा धेरै प्रतिस्पर्धा देखेर आफूलाई मिस्ट्री स्पिनरमा ढालेका हुन्।

कोभिडको समयमा पनि उनले यत्ति धेरै मिहिनेत गरेकी भारतीय क्रिकेट खेलाडीमा उनी सबै भन्दा फिट खेलाडीको कोटीमा पर्छन्।

लखनउका प्रशिक्षक जस्टिन ल्यांगरको त उनी माथि यत्ति धेरै विश्वास छ की राठी लगातार १६ घण्टा पनि बलिङ गर्न सक्छन्।

सन् २०२२ र २०२३ को सिजनमा उनले दिल्ली क्यापिटल र कलकत्ता नाइट राइडर्सका लागि नेटमा बलिङ गर्न अवसर पाए। कलकत्तामा उनले नारायणसँग धेरै सिके। अर्को वर्ष दिल्ली प्रिमियर लिगमा खेल्न पुगे। त्यहीँ उनले सन्दीप सिंहसँग धेरै कुरा सिके।

दिल्ली प्रिमियर लिगपछि उनले सैयाद मुस्ताक ट्रफीमा दिल्लीको सिनियर टिममा अवसर पाएका हुन्। यस सिजनको आइपिएलमा राठीका केही विशेषता छन्। उनले बडी डट बल कलकत्ताका वरुण चक्रवर्तीले मात्र फ्याँकेका छन्। १५ ओभर भन्दा बढी बलिङ गर्ने खेलाडीमा उनको विरुद्धमा सबै भन्दा कम तीन छक्का प्रहार भएको छ।

यस आईपीएलमा गुजरातले उत्कृष्ट प्रदर्शन गरेको छ। यस उत्कृष्ट प्रदर्शनमा गुजरातको यो विजयी अभियानमा ब्याट्सम्यान साइ सुदर्शनको पनि उत्तिकै भूमिका छ।

रोहित र कोहलीको विकल्प को होला ?
२४ वर्षीय प्रियांश आर्यको खेल जीवनमा धेरै आरोह र अवरोह आए। यस आरोह र अवरोहमा उनको चेन्नाई सुपर किङ्ससँगको खेलमा शतक प्रहार महत्त्वपूर्ण थियो। उनले ३९ बलमा शतक प्रहार गरेका हुन्। भलै उनले जीवन दान पनि पाएका थिए तथापि उनको यो प्रदर्शन सनसनी पूर्ण हो।

अहिले पनि भारतीय टोलीमा रोहितको विकल्पको चर्चा चल्नु स्वभाविक हो। ३७ वर्षीय रोहित शर्माको अहिलेसम्मको खेल जीवनलाई आधार मान्ने हो भने उनी आइसिसीका प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान पनि हुन सक्छन्।

यसअघि च्याम्पियन्स ट्रफीमा अन्तिम समयमा भारतीय टोलीमा रहेका यसस्वी जयसवाल हटाइएका थिए। टेस्ट टोलीमा रहेका जयसवालको यस आईपीएलका प्रदर्शन अस्थिर छ। उनको यस कारण पनि रोहितको विकल्पको रूपमा अनुमान गरिएको नाम मध्य जयसवाल त एक हुन् नै तथापि निर्विकल्प हुन सकेनन्। ऋतुराज गाइक्वाड र शुभमन गिल नै पनि अस्थिर देखिएका छन्।

यसैगरी अर्का भेट्रान विराट कोहलीको स्थानमा प्रतिस्पर्धा गरेका धेरै खेलाडीको बिचमा अग्र पक्तिमा रहेको तिलक वर्मा पनि यस आईपीएलमा अस्थिर देखिए तेस्रो क्रममा सबै भन्दा स्थिर प्रदर्शन कलकत्तामा कप्तान अजान्के रहानेले नै गरेका छन्।
यस बिचमा आर्य र साइ सुदर्शनको शीर्ष क्रममा बेजोड उपस्थिति एउटा बहसको विषय बनेको छ।

भारतीय यु–१९ विश्वकप खेल्ने टोलीमा रहे पनि प्राविधिक कारणले बाहिरिएका आर्य लामो समयपछि बेजोड कम ब्याक गर्न सफल भएका छन्। राठी मिहिनेतले छाएका छन् भने प्रसिद्ध कृष्ण पनि नयाँ स्वरूपमा प्राप्त यस सफलतामा रमाइरहेका छन्।
स्रोतः क्रिकइन्फो, क्रिकबज

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : २० बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको