निःशुल्क आँखा शिविर सञ्चालन « Khabarhub

निःशुल्क आँखा शिविर सञ्चालन


२९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको सदरमुकाम मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ ।

शुक्रबार सुरु भएको शिविर आइतबारसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योती सङ्घ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि महावै गाउँपालिका– २ ओदानकुमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डबल अधिकारीले शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताए । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्द नाथ योगीले वर्षौंदेखि आँखा नदेखेर थला परेका बिरामीले उपचार पश्चात् संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । आँखाको उपचार गर्न नसकेकालाई यो शिविरबाट राहत पुगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ६ : २६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण