निःशुल्क आँखा शिविर सञ्चालन « Khabarhub

निःशुल्क आँखा शिविर सञ्चालन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको सदरमुकाम मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ ।

शुक्रबार सुरु भएको शिविर आइतबारसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योती सङ्घ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि महावै गाउँपालिका– २ ओदानकुमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डबल अधिकारीले शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताए । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्द नाथ योगीले वर्षौंदेखि आँखा नदेखेर थला परेका बिरामीले उपचार पश्चात् संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । आँखाको उपचार गर्न नसकेकालाई यो शिविरबाट राहत पुगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका