स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान « Khabarhub

स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका– ९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको हो ।

वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा सचिव जयराम चौधरीले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेका थिए ।

साइकल हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले भने, ‘समुदायमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । सेवा प्रवाहका लागि हिँडेरै घरघर पुग्न गाह्रो हुन्छ । हिँडडुल गर्न सहज होस् भनेर साइकल वितरण गरिएको हो ।’

स्वयंसेविका मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाह गर्न सहज भएको बताइन् ।

स्वयंसेविकाले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरीको घरमै पुगेर निगरानी गर्ने, सरकारका खोप कार्यक्रममा सहयोग गर्ने लगायतका महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका