स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान « Khabarhub

स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका– ९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको हो ।

वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा सचिव जयराम चौधरीले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेका थिए ।

साइकल हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले भने, ‘समुदायमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । सेवा प्रवाहका लागि हिँडेरै घरघर पुग्न गाह्रो हुन्छ । हिँडडुल गर्न सहज होस् भनेर साइकल वितरण गरिएको हो ।’

स्वयंसेविका मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाह गर्न सहज भएको बताइन् ।

स्वयंसेविकाले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरीको घरमै पुगेर निगरानी गर्ने, सरकारका खोप कार्यक्रममा सहयोग गर्ने लगायतका महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य