स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए « Khabarhub

स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– इस्मा गाउँपालिका– ६ अमरपुरमा विशेषज्ञ  चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोग सम्बन्धि स्वास्थ्य परीक्षण गरिनुका साथै बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो ।

घरबाट लौरो टेकेर स्वास्थ्य जाँच गर्न पुगेकी इस्मा अमरपुरकी ७९ वर्षीय तारा अर्यालले गाउँमै सेवा लिन पाएकोमा खुसी व्यक्त गरिन् ।

उपचार गराउन टाढाका अस्पताल पुग्न नसक्ने गरीब, अशक्त, अपाङ्ग, महिला तथा वृद्धवृद्धालाई लक्षित गरेर गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव एवं हिमा गौतम स्मृति कोषका संस्थापक गौतमले बताए । गौतम परिवारले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट स्वास्थ्य क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

कोषका अध्यक्ष नारायण पराजुलीले लामो समयदेखि गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएकाले यसपटक पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइएको बताए ।

शिविरमा डा. प्रकाश पौडेलको संयोजनमा मेडिसिटी अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. प्रकाश पौडेल, डा. समीरचन्द्र गौतम, काठमाडौं मेडिकल कलेजमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रतिज्ञा गौतम, रूपा झा तथा हाडजोर्नी विशेषज्ञ र मेडिकल अधिकृतसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेको हो ।

गौतम परिवारले  स्वर्गीय बुबा र आमाको नामबाट विद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, विद्यालयमा संरचना निर्माण, दिवाखाजालगायतका कार्यक्रममा सहयोग  गर्दै आएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५८ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको