हजुरआमाको दुखेसो– बिचरा ठूलो कालबाट बाँची… | Khabarhub Khabarhub

सकसपूर्ण जत्काल

हजुरआमाको दुखेसो– बिचरा ठूलो कालबाट बाँची…


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भनिन्छ- एउटा बच्चालाई जन्म दिँदा शरीरका सबै हड्डीहरु एकैसाथ भाँचिदा जति पीडा हुन्छ, त्यस्तै महशुस एउटी आमालाई हुन्छ। संसारमा पशुपन्क्षी, चरा चुरुङ्गी जो सुकै पनि आमा बन्दा यो पीडाबाट गुज्रिनुपर्छ, तबमात्रै पाइन्छ आमा बन्ने सौभाग्य।

मैले पनि यो पीडाबाट गुज्रिएर आमा बन्ने सौभाग्य पाएँ। परापूर्व कालका आमा हुन् या अहिले आधुनिक युगका, सबैका निमित्त आमा उपाधि धारण त्यति सजिलो छैन। महिला भएर जन्मिसकेपछि यो चुनौती सबैको भागमा लेखिएको छ। यो प्राकृतिक नियम नै हो। फरक यत्ति हो कि पहिलेको भन्दा अहिले जोखिम कम छ। पहिलेका आमा र बच्चाले जस्तो अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले छैन।

सामाजिक, भौगोलिक, आर्थिक शैक्षिकलगायत स्वास्थ्य क्षेत्रमा भइरहेको परिवर्तनसँगै हाम्री हजुरआमाले जति पीडा खेपेर बच्चा जन्माउनुभयो, त्यो अनुपातमा आमाले भोग्नुपरेन भने जति आमाहरुले भोग्नुभयो, त्यो हामीले झेल्न परेन, हामीले भोगेका हाम्रा सन्ततिहरुले भोग्नुपर्ने छैन।

हजुरआमा पालामा काल बनेको ‘जत्काल’
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा मेरो जन्म भयो र बाल्यकाल किशोरावस्था अछाममै बित्यो। सुदूरपश्चिममा अहिलेसम्म व्याप्त छाउपडी, गर्भवती तथा सुत्केरी आमाहरुले भोगेका दुखकष्टहरु मेरो हजुरआमाको पालामा कस्तो थियो होला ? जुन हामी कल्पना सम्म गर्न सक्दैनौं। अहिलेको जस्तो अस्पताल चिकत्सकको सुविधा त परको कुरा भयो प्रसव पिडाले च्यापिरहेकै अवस्थामा काम गर्न जाँदा कति आमाहरुले त बाटैमा बच्चा जन्माउँथे रे ! कति आमा तथा बच्चाको ज्यान जान्थ्यो त्यसको कुनै लेखाजोखा छैन।

सुदूरपश्चिममा बच्चा जन्माउनुलाई जत्काल बस्नु भनिन्छ। जुन मैले सानैदेखि सुन्दै आएको शब्द हो। तर यसको अर्थ भने अहिले आमा बनिसकेपछि बुझ्दैछु। जत् भनेको जतन गर्नु र काल भनेको मृत्यु अर्थात गर्भवती भएदेखि बच्चा नजन्मिएसम्मको अवस्थामा आमाले हरेक पल कालसँग लडेर आफ्नो र बच्चाको ज्यान जोगाउनु पर्छ भन्ने रहेछ।

सुदूरपश्चिममा बच्चा जन्माउनुलाई जत्काल बस्नु भनिन्छ। जुन मैले सानैदेखि सुन्दै आएको शब्द हो। तर यसको अर्थ भने अहिले आमा बनिसकेपछि बुझ्दैछु। जत् भनेको जतन गर्नु र काल भनेको मृत्यु अर्थात गर्भवती भएदेखि बच्चा नजन्मिएसम्मको अवस्थामा आमाले हरेक पल कालसँग लडेर आफ्नो र बच्चाको ज्यान जोगाउनु पर्छ भन्ने रहेछ।

गाउँमा सफल सुत्केरी हुँदा हजुरआमा भन्नुहुन्थ्यो बिचरी ठुलो कालबाट बाँची। कसैको मृत्यु भयो भने कठै काल नै जन्मेको रहेछ अकालमै ज्यान गुमाई। अहिले यस्तो प्रविधीको युगमा पनि सुत्केरी आमा तथा नवजात शिशुले ज्यान गुमाइरहेका छन् भने त्यो बेलाको अवस्था कस्तो थियो होला ? सुत्केरी भइसकेपछि पर्याप्त मात्रामा पोषिलो आहार र आराम त कता हो कता २–३ दिनमै मलको भारी बोक्ने, घर नजिकैको खेतबारीमा काम गर्ने लगायतका कडा खालका श्रम गर्नुपर्थ्यो।

हजुरआमाकै मुखबाट सुनेको कतिपय गाउँहरुमा त बच्चा बोकेरै खोतबारीमा काम गर्न जाँदा डोकोमा सुताइराखेको बच्चा जंगली जनावरले खाने, घरमै सुताएर काममा जाँदा कामबाट फर्केर आउञ्जेल भोकले रुँदारुँदै बच्चाको मृत्यु भएको, कति आमाहरुको सुत्केरी हुँदा मृत्यु भएको, कति सुत्केरी भइसकेपछि मृत्यु हुने गरेका थिए। अहिले यस्ता घटना कथा जस्तै लाग्छ। फाट्फुट रुपमा मात्रै सुनिन्छन्, त्यतिबेला दिनहुँ जसो हुने यस्ता घटना। त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन र ती घटना बाहिर आउँदैनथे। यो सुदूरको मात्रै नभएर हजुरआमाको पालाका हरेक आमाले भोगेको नियति हो।

आमाले भोगेको दुर्दशा
हजुरआमाको पालामा जस्तो दुख नभएको आमाको पालाको प्रसव तथा सुत्केरीको पीडा मैले प्रत्यक्ष देखेकी छु। हजुरआमाहरुले के कति पीडा भोग्नुभयो त्यो त सुने मात्रै। कम पीडा भोगेको भनिएकी मेरी आमाले भोगेको दुख कष्टपूर्ण थियो। सुत्केरी भएको भोलिपल्टै आरीभरी थाङ्नाको भारी टाउकोमा बोकेर घरदेखि टाढा खोलामा चिसो पानीले नुहाएको मैले आफ्नै आँखाले देखेकी छु। त्यो पीडा अहिले सम्झदा पनि कहाली लाग्छ ।

त्यसरी टाढाको खोलामा जाँदा डर हुन्छ, भुतले तर्साउँछ भनेर साथीको नाममा साना केटकेटी पठाउने गर्थे। त्यो साथी पठाउनुको कारण के रहेछ भने शारीरिक रुपमा कमजोर सुत्केरी कतै बेहोस भएर ढलिन् भने आफै केही गर्न नसके पनि कम्तिमा अरुलाई खवर त गर्लान् भन्ने हेतुले मात्रै पठाइन्थ्यो सायद।

बच्चा जन्मेको ९ दिनसम्म आमा बाहेक अर्को मान्छेले बच्चा छुन नहुने, सुत्केरी हिँड्ने बाटो छुट्टै हुने, पोषिलो खानाको नाममा कोरा भात र नून मात्रै राखेर उमालेको मस्यौराको झोल खान दिएको जस्ता अनेक दुखकष्ट देखेकी छु। जुन अहिलेका आमाहरुले कल्पना गर्न सक्दैनन् ।

बच्चा जन्मेको ९ दिनसम्म आमा बाहेक अर्को मान्छेले बच्चा छुन नहुने, सुत्केरी हिँड्ने बाटो छुट्टै हुने, पोषिलो खानाको नाममा कोरा भात र नून मात्रै राखेर उमालेको मस्यौराको झोल खान दिएको जस्ता अनेक दुखकष्ट देखेकी छु। जुन अहिलेका आमाहरुले कल्पना गर्न सक्दैनन् ।

एकजना मेरो भाउजु पर्नेलाई त झन १० दिनसम्म प्रसव व्यथा लाग्यो। पीडाले तिनी छट्पटाउँथिन्। पागलजस्तै व्यवहार अनि जथाभावी बोल्न थालेपछि भूत लागेको भन्दै धामी झाँक्री समेत लगाए। तर केही सीप लागेन। १० दिनपछि बल्लतल्ल बच्चा जन्माइन, त्यो पनि मृत। पेटभित्रै बच्चाको मृत्यु भएको भएर तिनलाई त्यस्तो कठिन भएको रहेछ। धन्न बाँच्न सफल भइन्। यो त एउटा उदाहरण मात्रै हो, यस्ता धेरै उदाहरण छन् जुन मैले प्रत्यक्ष देखेकी र सुनेकी छु।

हुन त त्यसबेला फाट्टफुट्ट अस्पताल खुलिसकेका थिए। ज्वरो आउँदा, चोटपटक लाग्दा अस्पताल जानुपर्छ भन्ने चेतना भएको त्यो समाजमा सुत्केरीका लागि अस्पतालको नाम अशोभनीय मानिन्थ्यो। अस्पताल जाँदा बेइज्जत हुन्छ, लाज हुन्छ भनेर अस्पताल नगई घरमै कष्ट सहेर सन्तान जन्माउँथे।

आमा बन्दाको अवस्था
मेरा एक छोरी र एक छोरा छन्। दुई सन्तानमा ८ वर्षको फरक छ। छोरा जन्मिदा जति प्रविधिको विकास भएको थियो, छोरीको पालामा थिएन। स्वास्थ्य संस्थामा गएर ४ पटक चेकजाँच भने अनिवार्य थियो।

त्यो बाहेक सोनोग्राफी अत्यावश्यक नपरी कसैले गर्दैनथे। सोनोग्राफीकै लागि भनेर कैलालीदेखि ४ घण्टा लामो यात्रा गरेर नेपालगञ्ज जानुपथ्र्यो। अरु गर्भवतीहरु खान मन लाग्दैन वाकवाकी लाग्छ, उठ्न बस्न गाह्रो हुन्छ भन्थे मलाई भने त्यस्तो केही समस्या थिएन। भोक लाग्थ्यो खाना पनि रुच्थ्यो। उठ्न बस्न हिँडडुल गर्न केही आपत्ति थिएन। छोरी पेटमा आएको ७ महिनासम्म कच्ची बाटोमा साइकल चलाएर अफिस जान्थेँ। त्यसबेला म स्थानीय रेडियोमा काम गर्र्थेँ।

त्यसबेलासम्म पेटभित्रको बच्चाको अवस्था कस्तो छ ? के छ ? भन्ने केही थाहा थिएन। ७ महिनापछि मसँगै एकजनाको गर्भमा २ वटा बच्चा भएको र आमाको स्वास्थ्यमा केही समस्या आएको भन्ने सुनेपछि डर लाग्यो। एकपटक स्त्री तथा प्रसुति रोग विशेषज्ञलाई भेटेर सोनोग्राफी गर्नुपर्छ भनेर मेरो श्रीमान र म नेपालगञ्ज गयौं। त्यहाँ निना श्रेष्ठ भन्ने एकजना स्त्रीरोग विशेषज्ञ डाक्टर हुनुहुन्थ्यो।

उहाँसँग चेकजाँचका लागि टिकट लिएर लाइनमा बस्यौं। करिब ३ घण्टाको पर्खाइपछि मेरो पालो आयो। चेकजाँचपछि सबै नर्मल भएको प्रमाणित भयो। तर आमा अलि कमजोर भएकाले प्रोटिनयुक्त खानेकुरा खानुपर्छ भनेर केही औषधी दिएर सोनोग्राफी गराउन भन्नुभयो।

उहाँले नै रेफर गरेर एकजना डाक्टरकोमा पठाउनुभयो। त्यहाँ गएर सोनोग्राफी गराउँदा बच्चा स्वस्थ भएकाले डराउनुपर्ने कुरा केही छैन, प्रशस्त मात्रामा पोषिलो खानेकुरा खान भन्नुभयो। हामी घर फर्कियौं। त्यसको करिब २ महिनापछि प्रसवको समय आयो। जति डेट नजिक आउँछ त्यति कठिन महशुस हुन थाल्यो। अलिकति दुखाई हुँदा पनि व्यथा नै सुरु भयो कि जस्तो गरेर मुटुको धड्कन बढ्थ्यो।

घरमा हामी दम्पतिबाहेक अरु कोही थिएनन्। तर गाह्रो अप्ठेरो पर्दा वरिपरिका छिमेकीहरु सबै आफन्त नै थिए। स्वास्थ्यचौकीमा दिइएको डेटभन्दा १ हप्ताअघि नै मलाई सामान्य प्रसव व्यथा सुरु भयो। अस्पताल गयौं। चिकित्सककाअनुसार यो सामान्य हो। मलाई मुख्य व्यथा सुरु भएकै रहेनछ। घरदेखि टाढाको अस्पताल धनगढी गएकाले यति टाढाबाट आउनुभयो। समय भइसकेको रहेछ। औषधी राखेर व्यथा सुरु गर्दा हुन्छ भनेर डाक्टरले सल्लाह दिएपछि त्यसै गर्यौं। म भर्ना भएँ। औषधी प्रयोग गरेको केही समयपछि नै मलाई व्यथा सुरु भयो। जुन असह्य थियो तर नसहेर सुख पनि त थिएन।
पहिलेका आमाहरुले भन्नुहुन्छ– हाम्रो पालाको जस्तो छैन। अहिलेकालाई त के छ र अस्पतालमा गएर आनन्दले बच्चा जन्माउँछन्। जहाँ गए पनि त्यो पीडा कम हुँदैन। त्यसैमाथि अस्पतालका नर्सहरुको व्यवहार देख्दा त जिन्दगी अस्पताल आउँदिन जस्तो लाग्थ्यो। त्यत्ति हो कि अस्पतालमा सुत्केरी हुँदा आमा र बच्चालाई जोखिम कम हुन्छ। नभए पीडा त उस्तै हो।

एक रातभरको व्यथा सहेर भोलीपल्ट बिहान मैले छोरीलाई जन्म दिएँ। आफुले सहेको व्यथा सम्झेर तपाईको छोरी जन्मिन् भन्दा किन जन्मेको होला पछि यसले पनि मैले पाएको जस्तो दुःख भोग्नुपर्ने भयो भन्ने लाग्यो। तर त्यसको एकैछिनमा छोरी काखमा ल्याएर राखेपछि सबै पीडा भुलेँ।

त्यसपछिका केही दिन अलि असहज भएपनि मेरो डेलिभरी सामान्य भएकाले म छिट्टै सामान्य रुपमा फर्किएँ। स्याहार गर्ने कोही नभएकाले एक महिनामै खाना पकाउने, लुगा धुने लगायत घरायसी कामहरु आफैँ गर्न थालेँ।

जति प्रविधि, उति डर
छोरी जन्मेको २ वर्षसम्म म घरमै बसेँ। पहिल्यैदेखि नै काम गरिहेकाले छोरी हुर्किसकेपछि खाली बस्न मन लागेन। फेरि रेडियोमै काम गर्न थालेँ। छोरी पनि बिस्तारै हुर्किदै थिइन्। उनको बाबाले आफैंले पढाउने स्कुलमा सँगै लिएर जान थाल्नुभयो।

आमा र बच्चा दुवैलाई कुनै किसिमको जोखिम नभएको अवस्थामा आमा र बच्चाको लागि पनि नर्मल डेलिभरी नै राम्रो हुने स्वास्थ्यकर्मी बताउँछन्। त्यसैले आफ्नो र बच्चाको जतन हुने गरी स्वास्थ्यसंस्थामै गएर विशेषज्ञको निगरानीमा सन्तान जन्माउनु बुद्धिमानी हो।

२०६४ सालदेखि रेडियोमा काम गर्न सुरु गरेकोमा झण्डै एक दशकसम्म पनि मेरो पारिश्रमिक त्यति नै थियो। जबकी मसँगै काम गरेका साथीहरुले काठमाडौं आएर राम्रो आम्दानी गरिरहेका थिए। मलाई पनि केन्द्रमै आएर काम गर्न मन लाग्यो। काठमाडौं आएँ। बिहान रेडियो दिउँसो अनलाइन गरेर दिनरात काम गरेँ।

त्यत्तिकैमा कोभिडको महामारी फैलियो र काम राम्रो पाइएन। काम गरिरहेको ठाउँमा समयमै तलब पाइएन। काठमाडौं बस्न कठिन भएपछि घरतिरै फर्किनुपर्ने अवस्था आयो। त्यसबेलासम्म छोरी ८ वर्ष पुगिसकेकी थिइन्। स्कुल थिएन। मेरो पनि काम नभएपछि सबैजना घरमै थियौं। म फेरि गर्भवती भएँ। छोरीले नि मलाई भाइबैनी जे भए नि एउटा चाहिन्छ है भन्थिन्। आफूलाई पनि ठिकै छ जे भएपनि दुईवटा चाहिन्छ भन्ने भयो। त्यो बच्चा पाउने निधो भयो।

छोरीको पालामा ७ महिनासम्म पनि सोनोग्राफी नगरी बस्दा पनि केही भएको थिएन। तर छोराको पालामा बच्चा गर्भमा आएको थाहा पाउने बित्तिकै सोनोग्राफी गर्नुपर्ने, थाइराइड, सुगर लगायत अनेकथरि जाँचहरु अनिवार्य थियो।

डाउन सिण्ड्रोम, अटिजम, मुटुमा प्वाल पर्ने लगायतका समस्याहरु बच्चाहरुमा देखिन्छन् भन्ने सुनिन थाले। जसका कारण मनमा डर पस्यो। ५ महिनामा एनोमली स्क्यान गराएँ। त्यसपछि ६–७ महिना भन्दै ९ महिनाको अवधिमा भनेर १५ पटक जति सोनोग्राफी गराइसकेकी थिएँ। बच्चा सामान्य थियो र सही समयमै सामान्य रुपमा मैले दोस्रो बच्चा छोरा जन्म दिएँ।

जति जति प्रविधिको विकास हुँदै गयो, त्यति नै मान्छेमा डर पनि हुने रहेछ। यसो भन्दैमा फेरि प्रविधिको प्रयोग नै गर्नुहुँदैन भनेको होइन। आवश्यक मात्रामा मात्रै गराउनुपर्ने रहेछ भन्ने मैले बुझेँ।

नौ महिनासम्म गर्भमा राखेर एउटा मान्छेलाई जन्म दिनु भनेको सजिलो होइन। तर भनिन्छ अहिलेका आमाहरु प्रसव पीडाकै डरले शल्यक्रिया रोज्छन् रे ! आमा र बच्चा दुवैलाई कुनै किसिमको जोखिम नभएको अवस्थामा आमा र बच्चाको लागि पनि नर्मल डेलिभरी नै राम्रो हुने स्वास्थ्यकर्मी बताउँछन्। त्यसैले आफ्नो र बच्चाको जतन हुने गरी स्वास्थ्यसंस्थामै गएर विशेषज्ञको निगरानीमा सन्तान जन्माउनु बुद्धिमानी हो।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ११ : ४० बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही