कोशी प्रदेशका दुई विकास समितिमा अध्यक्ष नियुक्त « Khabarhub

कोशी प्रदेशका दुई विकास समितिमा अध्यक्ष नियुक्त


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सरकारले प्रदेश सरकार मातहतका दुई विकास समितिका अध्यक्षसहित सदस्यहरु नियुक्त गरेको छ ।


हलेसी महादेवस्थान विकास समिति खोटाङका अध्यक्षमा डिल्लीकुमार राई र वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्षमा प्रकाश बस्नेतलाई नियुक्त गरेको छ ।


समितिमा अन्य तीन महिला सदस्यलाईसमेत मनोनयन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।


प्रदेश सरकारको ३९औं मन्त्रीपरिसदले विकास समितिका अध्यक्षसहित सदस्यलाई नियुक्त गरेको हो । विकास समितिको गत वर्ष वैशाख २५ गते पदावधि सकिएको थियो । अध्यक्षसहित पदाधिकारी र सदस्य सचिवविहीन विकास समितिमा अब सदस्य सचिवको नियुक्ति बाँकी छ ।


सदस्य सचिवको नियुक्ति प्रकृया खुल्ला प्रतिस्पर्धाबाट हुने विकास समितिको गठन आदेशमा उल्लेख छ ।


पाथीभरा क्षेत्र विकास समितिको नियुक्ति भने आगामी मन्त्रीपरिसदको बैठकले गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ०० बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक