कोशी प्रदेशका दुई विकास समितिमा अध्यक्ष नियुक्त « Khabarhub

कोशी प्रदेशका दुई विकास समितिमा अध्यक्ष नियुक्त


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सरकारले प्रदेश सरकार मातहतका दुई विकास समितिका अध्यक्षसहित सदस्यहरु नियुक्त गरेको छ ।


हलेसी महादेवस्थान विकास समिति खोटाङका अध्यक्षमा डिल्लीकुमार राई र वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्षमा प्रकाश बस्नेतलाई नियुक्त गरेको छ ।


समितिमा अन्य तीन महिला सदस्यलाईसमेत मनोनयन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।


प्रदेश सरकारको ३९औं मन्त्रीपरिसदले विकास समितिका अध्यक्षसहित सदस्यलाई नियुक्त गरेको हो । विकास समितिको गत वर्ष वैशाख २५ गते पदावधि सकिएको थियो । अध्यक्षसहित पदाधिकारी र सदस्य सचिवविहीन विकास समितिमा अब सदस्य सचिवको नियुक्ति बाँकी छ ।


सदस्य सचिवको नियुक्ति प्रकृया खुल्ला प्रतिस्पर्धाबाट हुने विकास समितिको गठन आदेशमा उल्लेख छ ।


पाथीभरा क्षेत्र विकास समितिको नियुक्ति भने आगामी मन्त्रीपरिसदको बैठकले गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ०० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय