मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा ३५३ जना लाभान्वित | Khabarhub Khabarhub

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा ३५३ जना लाभान्वित


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ-  मुस्ताङमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहीबार र शुक्रबार ४० वर्ष भन्दामाथि उमेरका नागरिकको परीक्षण गरिएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशानलय (गण्डकी प्रदेश)को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगको बृहत स्वास्थ्यपरीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए । 

उनले नसर्ने रोग पहिचान गर्न बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पुर्याउन उद्देश्यले बृहत्त स्क्रीनिङ परीक्षण गरिएको हो । नसर्ने रोगको स्वास्थ्य परीक्षणअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा एक सय २८ जना, ठिनीमा एक सय नौ जना र मार्फा गाउँमा  एक सय ६ जनाले परीक्षण गराएको प्रादेशिक स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत रानभाटले उल्लेख गरे ।

यसैगरी आज मुस्ताङको मार्फामा परीक्षण भइरहेको छ । मुस्ताङको घरपझोङ–४ जोमसोम र घरपझोङ–५ ठिनीमा गरी दुई सय २८ जना नसर्ने रोगको स्वास्थ्य परीक्षणबाट लाभान्वित भएको जनाइएको छ । नसर्ने रोगको बृहत स्क्रीनिङ परीक्षण शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले उल्लेख गरे।

नसर्ने रोगको स्क्रीनिङ परीक्षणको नमूना म्याग्दीको बेनी अस्पतालमा पठाइएको छ । त्यसको रिपोर्ट दुई दिनपछि सम्बन्धित व्यक्तिालाई उपलब्ध गराएर चिकित्सकीय परामर्श दिइने स्वास्थ्य संयोजक थकालीको भनाइ छ ।
 
नसर्ने रोगको बृहत स्वास्थ्य शिविरमा रगत र पिसाबको परीक्षण, उचाइ, तौल, ब्लडप्रेसर, मधुमेह, मिर्गौला, कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रीनिङ परीक्षण गरिएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : ०८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण