चारदेशीय टी–२० सिरिज : नेपालले टस जित्दा हङकङलाई ब्याटिङको निम्ता « Khabarhub

चारदेशीय टी–२० सिरिज : नेपालले टस जित्दा हङकङलाई ब्याटिङको निम्ता


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चारदेशिय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर ब्याटिङको निम्ता दिएको छ ।नेपालले पहिला बलिङ गर्ने भएको छ।

मिसन रोड मैदानमा जारी प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलनजिक पुगको छ । नेपालले यसअघि कतारलाई आठ विकेट र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल लगातार तेस्रो जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ। एक खेलमा हार बेहोरेको हङकङलाई भने नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

पहिलो खेलमा हङकङले कुवेतसँग चार विकेटको हार बेहोरेको थियो । तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै हङकङले प्रतियोगितामा पुनरागमन गरेको छ। कुवेतको पनि समान दुई अङ्क रहेका कारण हङकङलाई नेपालविरुद्धको खेलमा जित निकाल्नुपर्ने छ ।

हङकङ र नेपाल अहिलेसम्म पाँचपल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये दुई खेलमा हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ। एक खेल भने नतिजाविहीन भएको छ।

नेपालले अन्तिमपल्ट २० अप्रिल २०२४ मा ओमानमा आयोजित एसिसी प्रिमियर कपमा हङकङको सामना गरेको थियो। उक्त खेलमा नेपाल चार विकेटले पराजित हुँदा एसिया कपमा स्थान गुमाएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ११ : ४६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको