चारदेशीय टी–२० सिरिज : नेपालले टस जित्दा हङकङलाई ब्याटिङको निम्ता « Khabarhub

चारदेशीय टी–२० सिरिज : नेपालले टस जित्दा हङकङलाई ब्याटिङको निम्ता


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चारदेशिय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर ब्याटिङको निम्ता दिएको छ ।नेपालले पहिला बलिङ गर्ने भएको छ।

मिसन रोड मैदानमा जारी प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलनजिक पुगको छ । नेपालले यसअघि कतारलाई आठ विकेट र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल लगातार तेस्रो जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ। एक खेलमा हार बेहोरेको हङकङलाई भने नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

पहिलो खेलमा हङकङले कुवेतसँग चार विकेटको हार बेहोरेको थियो । तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै हङकङले प्रतियोगितामा पुनरागमन गरेको छ। कुवेतको पनि समान दुई अङ्क रहेका कारण हङकङलाई नेपालविरुद्धको खेलमा जित निकाल्नुपर्ने छ ।

हङकङ र नेपाल अहिलेसम्म पाँचपल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये दुई खेलमा हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ। एक खेल भने नतिजाविहीन भएको छ।

नेपालले अन्तिमपल्ट २० अप्रिल २०२४ मा ओमानमा आयोजित एसिसी प्रिमियर कपमा हङकङको सामना गरेको थियो। उक्त खेलमा नेपाल चार विकेटले पराजित हुँदा एसिया कपमा स्थान गुमाएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ११ : ४६ बजे

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ