संविधान संशोधनमा ढिलाइ नगरौँ : नेता कोइराला « Khabarhub

संविधान संशोधनमा ढिलाइ नगरौँ : नेता कोइराला


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका छन् । शनिबार टोखास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

‘सरकारले तीनवटा कुरा, खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ,’ सभापति शेरबहादुर देउवा पनि सहभागी साधारण सभामा कोइरालाले भने, ‘जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’

उनले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरे । ‘हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ,’ कोइरालाले भने, ‘किन भने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ ।’

नेता कोइरालाले सरकारले गलत नगरोस् भनेर आफूहरूले खबरदारी गरिरहेको पनि बताए । सरकारलाई खबरदारी नगरिए कांग्रेसलाई अप्ठ्यारो पर्न सक्ने उनको तर्क थियो ।

‘हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ,’ कोइरालाले भने, ‘हामीले खबरदारी गरेनौंँ भने कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ५९ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ