पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले “लान्दी कोटाल ट्रान्जिट क्याम्प” पुगेका थिए भने पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरुले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू–कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ । पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अफगान नागरिकको सुविधाका लागि पाकिस्तानका सबै प्रान्तमा “ट्रान्जिट प्वाइन्टहरू” तथा “हेल्पलाइन” हरु स्थापना गरिएको बताएका छन् । अवैध नागरिकको फिर्ता प्रक्रिया मार्चसम्मको लागि तोकिएको र साहि समयमै अभियान पूर्ण गर्ने बताएका छन् ।

उनका अनुसार हाल सम्म आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउँदै उनले थप समय उपलब्ध नगरिने उल्लेख गरे । उनले स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्वाभना भने कायम रहेको बताएका छन् ।

उनले सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागू भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताए ।

पहिलो चरणमा पाकिस्तानले कानुनी कागजातबिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवाश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवाश्यक कानुनी प्रक्रीया पूरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्यूजले जनाएको छ ।

दशकौँसम्म लाखौँ अफगान नागरिकलाई आतिथ्यतासहितको बसोबास अनुमति दिए पछि हाल पाकिस्तानले यो निर्णय गरेको उनले बताएका छन् । मन्त्री चौधरीले अफगान नागरिकहरू पाकिस्तानमा लागूऔषधको व्यापार र आतङ्कवादी गतिविधिलगायतमा संलग्न रहेककाले अभियान तिव्र पार्नु परेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : १७ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख