बोली सच्याउँदै देउवा भन्छन्, ‘योगी र राजदूतबीच लखनऊमा भेट भएको हो, दूतावासमा होइन’ « Khabarhub

बोली सच्याउँदै देउवा भन्छन्, ‘योगी र राजदूतबीच लखनऊमा भेट भएको हो, दूतावासमा होइन’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग लखनऊमा भएको भेटमा राजसंस्थाबारे आफ्नो ‘लाइन’ प्रष्ट्याएको बताएका छन् ।

शनिबार टोखामा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै उनले केही दिनअघि आफूले दिएको अभिव्यक्ति सच्याएका हुन् । देउवाले गलत सूचनाको आधारमा उक्त कुरा अभिव्यक्त गरिएको पनि बताए ।

‘अस्ती मैले बोल्दा गलत सूचनाको आधारमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीको हाम्रो राजदूताबासमा आउनुभएको भनेँ, त्यो होइन । दिल्लीका राजदूतले घटनाका बारेमा जानकारी गराउँदा उहाँ (योगी) ले हामी राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, भन्नुभएको भन्न चाहन्छु । दूतावासमा आउनुभएको होइन, यो पनि म खण्डन गर्न चाहन्छु,’ सभापति देउवाले भने ।

गणेशमान फाउन्डेसनले चैत २५ गते आयोजना गरेको कार्यक्रममा पूर्वप्रधनमन्त्री देउवाले मुख्यमन्त्री योगी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफ्नो ‘लाइन’ प्रष्ट पारेको अभिव्यक्ति दिएका थिए ।

‘आदित्यनाथको फोटो पनि छापियो यहाँ । तर, मलाई के थाहा छ भने आदित्यजीले जो हाम्रो भारतमा दूतावास छ, दूतावासमा गएर झुटा कुरा हो, मेरो कुनै हात छैन । नेपालका जनताले जे चाहन्छन् त्यही हुन्छ,’ देउवाले भनेका थिए, ‘म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले दिल्ली दूतावासमा गएर भन्नुभएको हुनाले हामीलाई के लागेको छ भने भारत नेपालसित छ । गणतन्त्रसित छ । प्रजातन्त्रसित छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : २६ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया