प्रचण्डले भने– ब्लाङ्केट एम्नेस्टी हुन सक्दैन « Khabarhub

प्रचण्डले भने– ब्लाङ्केट एम्नेस्टी हुन सक्दैन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

प्रचण्डले ‘ब्लाङ्केट एम्नेस्टी’ हुन सक्दैन भन्ने पक्षमा रहेको बताए । खिमलाल देवकोटाको सङ्क्रमणकालीन न्याय पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको हतियारको व्यवस्थापन, सेनाको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा नै संवेदनशील रहेको बताए ।

‘सत्य पत्ता लगाएर कुनै न कुनै रुपले जानु पर्छ । नेपाली समाजको एउटा वर्ग,आफूलाई संस्थापन ठान्ने बौद्धिक वर्ग माओवादी केन्द्रलाई जस दिन चाहाँदैन । सेना समायोजन र हतियार व्यवस्थापनमा माओवादी केन्द्रले जोखिम उठाएकै हो ।’

पार्टी विभाजन हुन्छ भन्ने जान्दाजान्दै आफूले जोखिम उठाएको प्रचण्डले बताए । ‘हतियार व्यवस्थापन र सेना समायोजन भयो । त्यही विन्दुबाट पार्टी विभाजन हुन पुग्यो ।’ प्रचण्डले समाजको एउटा बौद्धिक वर्गले १७ हजारको हत्यारा भन्ने न्यारेटिभ बनाइरहेको बताए । उनले तिनीहरू इतिहासलाई पछाडि धकेल्न खोज्नेहरु भएको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘मैले आजसम्म एकजनालाई पिटेको छैन तर जनयुद्धको नेतृत्व लिएको हुँ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ३८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही