प्रचण्डले भने– ब्लाङ्केट एम्नेस्टी हुन सक्दैन « Khabarhub

प्रचण्डले भने– ब्लाङ्केट एम्नेस्टी हुन सक्दैन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

प्रचण्डले ‘ब्लाङ्केट एम्नेस्टी’ हुन सक्दैन भन्ने पक्षमा रहेको बताए । खिमलाल देवकोटाको सङ्क्रमणकालीन न्याय पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको हतियारको व्यवस्थापन, सेनाको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा नै संवेदनशील रहेको बताए ।

‘सत्य पत्ता लगाएर कुनै न कुनै रुपले जानु पर्छ । नेपाली समाजको एउटा वर्ग,आफूलाई संस्थापन ठान्ने बौद्धिक वर्ग माओवादी केन्द्रलाई जस दिन चाहाँदैन । सेना समायोजन र हतियार व्यवस्थापनमा माओवादी केन्द्रले जोखिम उठाएकै हो ।’

पार्टी विभाजन हुन्छ भन्ने जान्दाजान्दै आफूले जोखिम उठाएको प्रचण्डले बताए । ‘हतियार व्यवस्थापन र सेना समायोजन भयो । त्यही विन्दुबाट पार्टी विभाजन हुन पुग्यो ।’ प्रचण्डले समाजको एउटा बौद्धिक वर्गले १७ हजारको हत्यारा भन्ने न्यारेटिभ बनाइरहेको बताए । उनले तिनीहरू इतिहासलाई पछाडि धकेल्न खोज्नेहरु भएको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘मैले आजसम्म एकजनालाई पिटेको छैन तर जनयुद्धको नेतृत्व लिएको हुँ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ३८ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि