संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाटन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व रहेको बताएका छन् ।

श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले आज ललितपुरको गाबहालमा आयोजना गरेको श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले पुर्खाले दिएका असल अभ्यास, संस्कार र सभ्यता पुस्तकको माध्यमबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । “पुस्तक प्रकाशनमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्‍याउनेहरूलाई धन्यवाद भन्न चाहान्छु । धर्म, संस्कृति जोगाउन यहाँहरूको निरन्तर प्रयास रहने विश्वास छ”, उनले भने ।

उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नयाँ वर्ष २०८२ ले सबै नेपालीजनमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले राम्रो प्रभाव पार्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । 

श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका प्रकाशन समितिका प्रधानसम्पादक प्रमोद शर्माले धार्मिक स्तोस्त्र र नृसिंहजात्राका विषयमा जानकारी दिने उद्देश्यले दस्ताबेज तयार गरिएको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : २३ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ