संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाटन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व रहेको बताएका छन् ।

श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले आज ललितपुरको गाबहालमा आयोजना गरेको श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले पुर्खाले दिएका असल अभ्यास, संस्कार र सभ्यता पुस्तकको माध्यमबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । “पुस्तक प्रकाशनमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्‍याउनेहरूलाई धन्यवाद भन्न चाहान्छु । धर्म, संस्कृति जोगाउन यहाँहरूको निरन्तर प्रयास रहने विश्वास छ”, उनले भने ।

उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नयाँ वर्ष २०८२ ले सबै नेपालीजनमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले राम्रो प्रभाव पार्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । 

श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका प्रकाशन समितिका प्रधानसम्पादक प्रमोद शर्माले धार्मिक स्तोस्त्र र नृसिंहजात्राका विषयमा जानकारी दिने उद्देश्यले दस्ताबेज तयार गरिएको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : २३ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि