शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह « Khabarhub

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।

आज जनकपुरधाममा डिक्का महासङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर काम गनृ आग्रह गरेका हुन् ।

सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र नेतृत्व विकास अपरिहार्य रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासङ्घका नेताहरूले पनि आफ्ना धारणा राखेका थिए ।

महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन् । विभिन्न १५ जिल्लाबाट प्रतिनिधि सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष अनिल सदाले जानकारी दिए । महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पुर्‍याउने गरी नीति लिने उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५२ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ