वीरगञ्जमा कर्फ्यू « Khabarhub

वीरगञ्जमा कर्फ्यू


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अहिले साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले खबरहबलाई जानकारी दिए । घाइते प्रहरीको अवस्था सामान्य रहेको एसपी मिश्रको भनाइ छ । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा झडप भएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : १६ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले