वीरगञ्जमा कर्फ्यू « Khabarhub

वीरगञ्जमा कर्फ्यू


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अहिले साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले खबरहबलाई जानकारी दिए । घाइते प्रहरीको अवस्था सामान्य रहेको एसपी मिश्रको भनाइ छ । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा झडप भएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : १६ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी