युद्धमा एफ–१६ का पाइलट मारिएको युक्रेनद्वारा पुष्टि | Khabarhub Khabarhub

युद्धमा एफ–१६ का पाइलट मारिएको युक्रेनद्वारा पुष्टि


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनी एफ–१६ लडाकु विमानका एक चालकको शनिबार रुसी आक्रमणमा मृत्यु भएको युक्रेनी सेनाले जनाएको छ । रूसी आक्रमणविरुद्ध लड्न सहयोग पुर्‍याउन युक्रेनलाई अमेरिकानिर्मित बहुमूल्य लडाकू विमान हस्तान्तरण गरिएपछिको यो दोस्रो घटना भएको किएभले शनिबार बताएको छ ।

“सन् २०२५ अप्रिल १२ (शनिबार)मा २६ वर्षीय पाभ्लो इभानोभको एफ–१६ लडाकू मिसन उडाउने क्रममा मृत्यु भएको हो,” युक्रेनी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “आक्रमणकारीहरूबाट आफ्नो मातृभूमिको रक्षा गर्दै उहाँ कारबाहीमा मारिनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

सेनाले उनको मृत्यु कसरी भयो भन्नेबारे थप विवरण दिएको छैन र ‘त्रासदीका सबै परिस्थितिहरू’ पत्ता लगाउन एक आयोगले काम गरिरहेको बताएको छ।

“युक्रेनी चालकहरूले आफ्नो मानवीय र प्राविधिक क्षमताको अधिकतम काम गर्छन्, हरेक पटक लडाकू मिसनहरू गर्दा उनीहरूको जीवनलाई जोखिममा पार्छन्। पावलो तीमध्ये एक थिए !,” सेनाले भनेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इभानोभको हत्या भएको भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । “हामी सबै परिस्थितिको अनुसन्धान गरिरहेका छौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

किएभले गत वर्ष गर्मीयाममा एफ–१६ को पहिलो आपुर्ति पाएको थियो । सन् २०२४ को अगष्टमा पनि किएभले रुसी क्षेप्यास्त्र आक्रमणलाई प्रतिकार गर्ने क्रममा एफ–१६ विमान दुर्घटनाग्रस्त भएको र चालकको मृत्यु भएको बताएको थियो ।

किएभले घोषणा गरेको एफ–१६ विमानको अहिलेसम्मको यो एक मात्र क्षति थियो । गत महिना जेलेन्स्कीले कुनै निश्चित सङ्ख्या नदिई नयाँ संस्करणको जेट वितरण गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ०५ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा