एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी « Khabarhub

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्यकर्ताकोे दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर सचिव बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए ।

उनले संविधानमाथि भएको हमलाबाट जोगाउदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै अव समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने धारणा राखे ।

उनले भक्तपुरमा सबैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्ने बताए । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राजिव खत्रीले पनि टिकट पाएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसले कविर राणालाई टिकट दिएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको